Comments Add Comment

रिश्मा गरुङ यसरी बनिन् थारु युवति

rishma-jhumki

काठमाडौं । रिश्मा गुरुङ अभिनित चलचित्र ‘झुम्की’ प्रदर्शन भए लगत्तै सामाजिक सञ्जालमा उनको प्रसंसा गर्नेहरु बढेका छन् । ‘कबड्डी’वाट फिल्ममा डेब्यु गरेकि रिश्माले कबड्डी र त्यसको सिक्वेमा बनेको ‘कबड्डी कबड्डी’मा मुस्ताङमा हुर्किएकी किशोरीको भूमिका निर्वाह गरेकि छिन् ।

पोखरामा हुर्किएकी गुरुङ समुदायकी रिश्माले ‘भुम्कि’मा भने थारु युवतिको चरित्र निर्वाह गरिन् । पोखरा बजारमा बसेकि रिश्माले, क्षेत्री, बाहुन थारु लगायत धेरैको जीबनशैलिलाई हल्का बुझ्ने अवसर त पाएकी थिइन् । तर, टिपिकल थारु गाउँकै लाफइफस्टाइल थाह थिएन ।

झुम्कीको स्क्रिप्ट पढे लगत्तै थारुहरुको रहन सहज बुझ्न सुरु गरेको उनको भनाई छ । थारु संस्कारवारे जानकारी लिन सबै भन्दा धेरै सहयोग एउटा सिरियलले गरेको रहेछ । ‘मैले फिल्ममा एग्रीमेन्ट गरे लगत्तै एउटा सिरियल प्रशारण भयो, त्यसमा देउकी नाम गरेकि पात्र थिइन् तिनलाई हेरेर धेरै सिकेँ’ ।

त्यसबाहेक सुटिङ हुनु ७ दिन अघि उनको इन्टायर टिम दाङ पुगेको थियो । त्यसवाट पनि केहि सिक्ने अवसर पाइन् । रिश्मा भन्छिन् ‘दाङमै एकहप्ता भएको वर्कसपले पनि धेरै सजिलो भयो ।

पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त हुन थालेकि रिश्माले चुजी नायिकाको छबी स्थापित गरेकि छिन् । विदेशमा आयोजना हुने स्टेज कार्यक्रमवाट पनि उ     त्तिकै निम्ता आउन थालेको छ । अब पढाई सुरु हुन लागेकाले फिल्मलाई केहि कम गर्ने योजना छ । ‘फिल्म गर्दै नगर्ने त हैन तर, अलि कम गर्छु’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment