Comments Add Comment

यी हुन् संसारका सबैभन्दा स्वस्थ र अस्वस्थ देशहरु

The_healthiest_country_विश्वमा जनतको स्वास्थ्य सबैभन्दा अब्बल रहेको देश कुन होला ? यसका विभिन्न मापदण्ड हुनसक्लान् र उत्तर पनि फरक फरक हुनसक्ला । तर हालैको एक अध्ययनले भने युरोपेली मुलुक आइसल्याण्ड विश्वको सबैभन्दा स्वस्थ देश रहेको देखाएको छ ।

अमेरिकाको युनिभर्सिटी अफ वाशिंटनले गरेको एक अध्ययन अनुसार कुल १ सय पूर्णाकमा ८५ अंक ल्याएर आइसल्याण्ड विश्वको सबैभन्दा स्वस्थ देश बनेको छ । दोश्रो स्थानमा एसियाली मुलुक सिंगापुर र युरोपेली मुलुक स्विडेन रहेका छन् संयुक्त रुपमा ।

१ सय ८८ देशको सूचिमा मध्य अफ्रिकी गणतन्त्र सबैभन्दा पुछारमा रहेको छ । अर्थात् यो देश सबैभन्दा अस्वस्थ देशको रुपमा देखिएको छ जसले जम्मा २० अंक पाएको छ ।

पुछारबाट दोश्रो स्थानमा रहेको सोमालियाले २२ अंक पाएको छ । दक्षिणी सुडान पुछारबाट तेश्रो स्थानमा छ ।

राष्ट्रसंघीय दिगो विकाश लक्ष्य अन्तरगत स्वास्थ्य सम्बद्ध डाटाहरुको विश्लेषण गरी यस्तो सूचि तयार पारिएको हो जुन दी ल्यान्सेट जर्नलमा छापिएको छ ।

सूचि अनुसार विश्वका टपटेन स्वस्थ देशहरुमा क्रमशः आइसल्याण्ड, सिंगापुर, स्विडेन, एन्डोरा, बेलायत, फिनल्याण्ड, स्पेन, नेदरल्याण्ड, क्यानडा र अस्ट्रेलिया रहेका छन् ।

मानव विकाश सूचकांकमा निकै माथि रहेको नर्वे ११ औँ स्थानमा छ । त्यस्तै जर्मनी १५ औँ, स्विजरल्याण्ड १९ औँ, फ्रान्स २४ औँ स्थानमा छ भने अमेरिका २८ औँ स्थानमा छ । त्यस्तै रुस ११९ र भारत १४३ औँ स्थानमा रहेका छन् । चीन भने ९२ औँ स्थानमा रहेको छ ।

अध्ययनका क्रममा दिगो विकाश लक्ष्यका स्वास्थ्य सम्बद्ध विभिन्न ३३ वटा सूचकहरुको मूल्यांकन गरिएको थियो । पछिल्लो २५ वर्षको तथ्यांकको विश्लेषण गरी यो सूचि तयार पारिएको हेा ।

त्यस्तै ग्लोबल बर्डन अफ डिजिज, इन्जुरी एण्ड रिस्क फ्याक्टर्स स्टडी २०१५ को तथ्यांक प्रयोग गरी शोधकर्ताहरुले विश्वका १८८ देशहरुको स्वास्थ्य अवस्थाको आधारमा सूचि तयार पारे  । शोधकर्ताहरुले विकाशको मापनका लागि सामाजिक जनसांख्यिक सूचक तयार पारे र जुन प्रतिव्यक्ति आय, शैक्षिक स्तर तथा कुल प्रजनन दरमा अधारित थियो ।

अध्ययन अनुसार टिमोर लिस्टे, ताजिकिस्तान र ताइवानले अपेक्षाभन्दा बढि प्रगति गरेको देखिएको छ । त्यस्तै आइसल्याण्डमा सरकारको सूर्ति नियन्त्रण नीति तथा सरकारी लगानीमा संचालित स्वास्थ्य प्रणालीका कारण धुम्रपानको दरमा उच्च गिरावट आएको बताइएको छ ।

नेपाल १५८ औँ स्थानमा

विश्वका स्वस्थ देशहरुको सूचिमा नेपाल १५८ औँ स्थानमा परेको छ । यस अनुसार नेपाल खराब स्वास्थ्य रहेको देशमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment