Comments Add Comment

सुडान घोटालाबारे सर्वोच्चले सरकारलाई बोलायो

९ असोज, काठमाडौं । सर्वोच्च अदालतले सुडान घोटाला प्रकरणका बारेमा सुनुवाइ गर्न सरकारलाई झिकाउने आदेश गरेको छ ।

supreme-court-of-nepalन्यायाधीश गोविन्दप्रसाद उपाध्याय र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले उक्त विषयमा सुनुवाइ गर्नका लागि सरकारलाई झिकाउने आदेश गरेको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए ।

आदेशमा फौजदारी न्याय सिद्धान्तको रोहमा विचारणीय देखिने भएका कारणले विशेष अदालत काठमाडौँले २०६८ फागुन १ को फैसला विचारणीय भएको हुँदा विपक्षीलाई झिकाइएको उल्लेख छ ।

सुडानमा शान्ति सेनामा गएका प्रहरीका लागि बन्दोबस्ती सामान खरिद गर्दा ठूलो रकम भ्रष्टाचार गरेको विषयमा विशेष अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।

आरोपित हेमबहादुर गुरुङ, शम्भु भारती, ओमविक्रम राणा र रमेशचन्द ठकुरीले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए । निवेदनउपर छलफल गर्न सर्वोच्चले सरकारलाई बोलाएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment