Comments Add Comment

कपिल शर्माको शोमा अन्ना हजारे

kapil-and-anna-hajare

मुम्बई । गान्धीवादी एवं सामाजिक कार्यकर्ता किसन बाबुराव हजारे उर्फ अन्ना हजारे आफ्नो जीवनमाथि बनेको फिल्म ‘अन्ना किसन बाबुराव हजारे’ को प्रचारका लागि कमेडी शो ‘द कपिल शर्मा शो’ मा सहभागी भएका छन् ।

अन्ना कुनै टेलिभिजनमा पहिलो पटक अतिथी बनेका हुन् । उनले आफ्नो वायोपिक फिल्म प्रचारका लागि समय दिन थालेका छन् । ।

‘अन्ना किसन बाबुराव हजारे’ १३० मिनेटको लामो हिन्दी फिल्म हो । जसको सुटिङ एक वर्षसम्म गरिएको थियो । अन्नाको पैत्रिक गाउँ रालेगाण सिद्धि, अहमदनगरमा यसको सुटिङ गरिएको छ । मुम्बई नयाँ दिल्ली, जम्मु कश्मिर, लद्दाख र राजस्थानमा पनि फिल्मको सुटिङ गरिएको थियो ।

राइज पिक्चर्सले निर्माण गरेको फिल्मको निर्देशन शशांक उदापुरकरले गरेका छन् । उनी मराठी फिल्मका चलेका निर्देशक हुन् । उनले नै फिल्ममा अन्नाको चरित्र निर्वाह गर्नुको साथै स्क्रिप्ट समेत लेखेका छन् । तनिषा मुखर्जीको पनि मुख्य भुमिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment