Comments Add Comment

तलब खान मन्त्रालय धाउँदै मजदुर

१० असोज, काठमाडौं । अर्धसरकारी स्वामित्वको गारखकाली रबर उद्योगका मजदुर पारिश्रमिकको लागि सरकार फेरिएपिच्छे मन्त्रालय धाउने गरेका छन् ।

Karmachariउनीहरु विभिन्न नेताका साथ लागेर अर्थ र उद्योग मन्त्रालय धाउने गरेका छन् । भूकम्पपछि बन्द रहेको उद्योगले श्रमिकलाई तलबसमेत दिन सकेको छैन ।

महिनौदेखि तलब नपाएपछि उनीहरु मन्त्रालय आउन बाध्य भएका अाजकाे काराेबारमा समाचार छ ।

रबर उद्योगका महाप्रवन्धक दिनेश बर्तौलाले श्रमिकलाई तलब खुवाउन १० करोड रुपैयाँ लाग्ने बताए ।
अवकाश प्राप्त कर्मचारीको भत्ता तथा इन्सिेन्टिभका लागि ३ करोड लाग्छ ।

धेरैजसो उद्योगमा कार्यरत कर्मचारी अवकाशमा जान चाहेका छन् । उद्योगका मजदुरहरु पारिश्रमिक नपाउँदा मन्त्रालय नै आउनु परेको नेपाल कारखाना श्रमिक संघका अध्यक्ष ईश्वर परियारले बताए ।

उद्योग मन्त्रालयबाट एक पटकलाई तलव खुवाउन स्वीकृत भए पनि अर्थ मन्त्रालयमा फाइल अड्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment