Comments Add Comment

संविधान संशोधनमा कांग्रेसभित्रै विमति

Sher Bahadur Deuba and Ramchandra Paudel१० असोज, काठमाडौं । सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा/संघीय गठबन्धनसँगको परामर्शमा संविधान संशोधन प्रस्ताव अघि बढाउन लागेपछि सत्तारुढ कांग्रेसभित्रै विवाद चर्किएको छ ।

वरिष्ठ  नेता रामचन्द्र पौडेल पक्षधरले पार्टीमा सामान्य परामर्शसमेत नगरी सभापति शेरबहादुर देउवाले मुलुकलाई अहित हुने गरी संविधान संशोधनमा सहमति जनाएको भन्दै कडा आपत्ति जनाएको छ ।

पौडेल पक्षले आइतबार आफू पक्षधर बैठक नै राखी संविधान संशोधनबारे पहिला पार्टिको आधिकारिक धारणा बनाउनुपर्ने अडान लिएको समाचार अाजकाे राजधानी दैनिकमा समाचार छ ।

पौडेल पक्षले संविधान संशोधन प्रस्तावमा पार्टीको आधिकारिक धारणा के हो भन्दै सभापति देउवासँग प्रश्नसमेत गरिरहेको छ ।

पौडेल पक्षधर नेताहरुले आइतबार अनामनगरस्थित पौडेलको सम्पर्क कार्यालयमा बैठक गरी संविधान संशोधनको विषयमा असहमति जनाएका हुन् ।

उनीहरूले पार्टीमा छलफल नै नभएका कारण आफूहरु नै दुविधामा परेको र संस्थागत धारणा राख्ने नसक्ने अवस्था आएको निष्कर्ष निकालेका छन् ।

‘कुन कुन विषयमा संविधान संशोधान गर्ने हो ? पार्टीले पहिल्यै अस्वीकार गरिसकेको मुद्दामा पनि सहमति दिइएको हो कि भन्दे आशंका छ, यस्तो हो कि भन्ने आशंका छ, यस्तो भयो र संस्थागत निर्णय भएन भने स्वीकार्य हुन्न,’ बैठकमा पौडेलको भनाइ उदृत गर्दै एक नेताले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment