Comments Add Comment

गैँडाको आक्रमणबाट एकको मृत्यु, एक घाइते

gaida_chitawan१० असोज, चितवन। माडी नगरपालिका–३ रुपजीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार स्थानीय ४९ वर्षीय टङ्कबहादुर सुनुवारलाई आफ्नै घरमा बसिरहेको अवस्थामा गैँडाले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो ।

आइतबार साँझ ५ बजेतिर गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका सुनुवारको उपचारको लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

नजिकै चितवन राष्ट्रिय निकुञ्जबाट बाहिरिएको गैँडाले सुनुवारलाई आक्रमण गरेको हो ।

रत्ननगर १० मंगलपुरका ६५ वषिर्य जुग बहादुर वि.क गैडाको आक्रमणबाट घाइते भएका छन्।

पञ्चकन्या सामुदायिक वनक्षेत्रभित्र पर्ने सीमा क्षेत्रमा निउरो टिपेर घर फर्किने क्रममा बाटोमा गैडाले आक्रमण गरेको पञ्चकन्या सामुदायिक वनक्ष्का सनिव अर्जुन पौडेलले जानकारी दिए । घाइतेको भरतपुरको सरकारी अस्पतालमा उपचार भईरहेको सचिव पौडेलले बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment