Comments Add Comment

दुई एयर बस खरिद प्रक्रिया सुरु

NAC Airbus 320
फाइल फोटो

१० असोज, काठमाडौं  । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले अन्तराष्ट्रिय उडानका लागि दुई वटा नयाँ एयर बस खरिदको प्रक्रिया सुरु गरेको छ ।

विमान खरिदका लागि नेपाल सरकार जमानी बसेपछि कर्मचारी संचयकोषले वायु सेवा निगमलाई २५ अर्ब रुपैयाँ ऋण दिने  तयारी गरेको छ ।

वाइड बडी भएका नयाँ विमान आएपछि खाडी मुलुकका साथै जापान, कोरिया लगायतका गन्तव्यमा उडान गर्ने निगमको तयारी छ ।

बोलपत्र आहृवान

वायु सेवा निगमले विमान खरिदका लागि बोलपत्र आहृवान गरेको छ । ए ३००-२०० एयर बसका लागि एयर बस, एयरलाइन्स कम्पनीहरु र विमान भाडामा लिएका कम्पनीहरुले टेण्डर भर्न सक्नेछन् ।

टेण्डरका लागि ४५ दिनको समय दिइएको छ । खरिद प्रक्रियाका सबै काम सकेर अर्को असोजमा पहिलो र चैतमा अर्को विमान ल्याइसक्ने लक्ष्य छ ।

वायु सेवा निगमसँग अहिले दुई वटा बोइङ र दुई वटा न्यारो बडीको एयरबस छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment