Comments Add Comment

स्वास्नी अर्काको राम्रो भन्दै अञ्जु र सुमन

pujana pradhan in dhago charkha
नेपाली सांगीतिक क्षेत्रमा उदाउँदै गरेका गायक हुन्, सुमन श्रेष्ठ । सुमनले चौथो एल्बम बजारमा ल्याउँदासम्म सांगीतिक दुनियाँका श्रोताको राम्रै माया पाएका छन् ।
उनै सुमनले आफ्नो चौथो एल्बम ‘धागो चर्खाको’ श्रोतामाझ बजारमा ल्याएका छन् । यो एल्बमको आइतबार काठमाण्डौमा सार्वजनिक गरियो ।

संगीतकार तथा गीतकार दीपक जंगम, संगीतकार टिका भण्डारीले एल्बम सार्वजनिक गरे । भव्य रुपमा आयोजना गरिएको भिडियो प्रिमियरमा नेपाली सांगीतिक क्षेत्रका चर्चित हस्तीदेखि पत्रकारहरुको बाक्लो उपस्थिती थियो । कार्यक्रममा बोल्दै सुमनले एल्बम ल्याउन गाह्रो भएपनि आफू सांगीतिक क्षेत्रमा लागिरहने बताए । उनले श्रोताको माया पाउँदै गएकाले पनि आफूमा उत्साह थपिएको बताए ।
dhago charkha (1)
यो गीतको भिडियो पनि तयार भैसकेको छ । भिडियोलाई केदार धितालले निर्देशन गरेका हुन् । भिडियोमा मोडल किरण लाकौल, पूजना प्रधान, श्रेया कार्की, रचना लामा, करिश्मा, अमृत शाही ठकुरी, नीशा लगायतको मोडलिङ छ ।

सुमन श्रेष्ठ र गायिका अञ्जु पन्तको आवाज रहेको यो गीतमा वेद प्रसादको शब्द, सुर्य किरण लामाको संगीत छ । निशान घिमिरेले सम्पादन गरेको भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् ।
dhago charkha (2)
छोराछोरी आफ्ना राम्रा भएपनि स्वास्नी अर्काको राम्रो हुने भन्दै तयार पारिएको गीत र भिडियोलाई उपस्थित अतिथी, पत्रकार सबैले रुचाएका थिए । निर्देशक केदार धितालले भिडियो पि्रमियरमा पाएको प्रतिक्रियाले आफू उत्साहित भएको बताए । टुक्का समावेश गरेर तयार पारिएको गीतको भिडियो यस्तो छः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment