Comments Add Comment

चिनियाँ अन्तरिक्ष स्टेशन पृथ्वीमा खस्दा के होला ?

china air spaceचीनको पहिलो अन्तरीक्ष स्टेशन तियांगोंग १ नियन्त्रणबाहिर गएको र यो आगामी सन् २०१७ मा पृथ्वीमा खस्ने अनुमान गरिएको छ ।

अन्तरीक्ष दौडमा अगाडि निस्किने कोसिस गरिरहेको चीनले सन् २०११ मा तियांगोंग १ प्रक्षेपण गरी अन्तरीक्षमा स्थापित गरेको थियो ।

चिनिया अन्तरीक्ष कार्यक्रमसँग सम्बद्ध अधिकारीहरुका अनुसार यो स्टेशनले आफ्नो ऐतिहासिक मिसन पूरा गरिसकेको छ ।

यद्यपि अन्तरीक्षमा रहेको यो प्रयोगशाला अहिलेपनि सुरक्षित रहेको र ३७० किलोमिटर माथि आफ्नो कक्षमा परिक्रमा गरिरहेको बताइएको छ ।

china air space2चीनको मानव अन्तरीक्ष इन्जिनियरिंग कार्यलयका उप निर्देशक उ पिंगले केही दिनअघि एक पत्रकार सम्मेलनमा भनेका थिएः हाम्रो गणना र विश्लेषण मुताविक यो अन्तरीक्ष प्रयोगशाला पृथ्वीमा खस्ने बेला यसको धेरैजसो भाग जल्नेछ ।

पृथ्वीमा खस्ने यो अन्तरीक्ष स्टेशनका कारण विमानको उडानमा असर पर्ने तथा पृथ्वीमा धनजनमा क्षति पुग्ने आशंका नरहेको उनको भनाइ छ ।

उता गार्जियनको समाचार अनुसार हार्वड विश्वविद्यालयका अन्तरीक्षशास्त्री डाक्टर जोनाथन म्याकडोभलले चीनको यो अन्तरीक्ष स्टेशनले आफ्नो नियन्त्रण गुमाइसकेको बताएका छन् ।
उनी भन्छन्, तपाइँ यी चिजहरुलाई आफ्नो अनुसार घुमाउन सक्नुहुन्न । जब यी पृथ्वीमा खस्न थाल्दछन् तब त्यसको दुइ दिनपहिले नै तपाइँलाई त्यहीँ कुरा थाहा हुन्छ जो खस्ने ६।७ घण्टा पहिला थाहा हुन्छ ।

उनका अनुसार पृथ्वीको कक्षमा आउँदा यहाँको वातावरणमा घर्षणका कारण अन्तरीक्ष स्टशनका धेरैजसो संरचनाहरु ऋाफै पग्लिनेछन् ।

स्मरण रहोस् यो महिनाको सुरुवातमा चीनले आफ्नो दोश्रो अन्तरीक्ष स्टेशन प्रक्षेपण गरिसकेको छ । जसको नाम तियांगोंग २ हो । आगामी २०२२ सम्म यो प्रयोगशाला अन्तरीक्षमा रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment