Comments Add Comment

न्यूयोर्कबाट मन्त्री महतले भने- नेप्लिज हैन नेपाली

पासपोर्ट र नियोकहरुबाट अब नेप्लिज शब्द हटाइने

१० असोज, न्यूयोर्क । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले ‘नेप्लिज’ भन्ने शब्दलाई हटाएर ‘नेपाली’ नै प्रयोग गर्ने आफ्नो निर्णयलाई मन्त्रिपरिषदमा पनि छिट्टै लाने जानकारी दिएका छन् ।

Prakash-saran-mahatसंयुक्त राष्टसंघको ७१ औं महासभालाई सम्बोधन गरेपश्चात नेपाल अमेरिकी पत्रकार संघ(नेजा)ले न्युयोर्कमै आयोजना गरेको पत्रकार सम्मेलनमा डा. महतले तत्कालका लागि विश्वभर रहेका नेपाली राजदूतावास, कूटनीतिक नियोग, कन्सुलेट अफिसहरुलाई पनि मन्त्रालयले गरेको यस निर्णयबारे परिपत्र गरिसकेको बताए ।

‘मैले भाषाविद्हरुसंग पनि यसबारे छलफल गरेको थिएँ र उहाँहरुले यो कुरा सहि भएको सल्लाह दिएपश्चात मैले यो निर्णय गरेको हुँ’ उनले भने, नेप्लिज भन्नुभन्दा नेपाली भन्दा हृदय छुन्छ ।’

मन्त्री महतले नेपाल सरकारले जारी गरेको हालको पासपोर्टमा ‘नेप्लिज’ भएपनि अब नयाँ छापिने पासपोर्टमा łनेपाली’ नै हुनेे जानकारी दिए । ‘अब एमआरपीबाट पनि अर्काे पासपोर्टमा जाने कुरा भइरहेको छ, त्यो छाप्ने बेलामा ‘नेपाली’ नै हुन्छ, महतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment