Comments Add Comment

स्याङ्जाकी निशा बनिन् ‘पाँचौं मिस तमुस्यो’

miss-tami-2016

पोखरा । मिस तमुस्यो नेपाल-२०७३ को उपाधि निशा तमुस्योले जितेकी छिन् । पाँचौं संस्करणको मिस तमुस्यो नेपालको उपाधि सहित उनले ५० हजार नगद, एक साताको हङकङ भ्रमण प्याकेज, १२ तोलाको चाँदीको क्राउन जित्न सफल भइन् ।

पोखरा शभा गृह हलमा भएको ग्राण्ड फिनालेमा अन्य १८ जना प्रतिष्पर्धीहरूलाई पछि पार्दै उनले उपाधि हात परेकी हुन् । प्रतियोगितामा कास्कीकी स्यारोन तमुस्यो फष्ट रनर अप भइन् । उनले ३० हजार नगद र क्राउन पाउन सफल भइन् भने कास्कीकै सुयसा तमुस्यो सेकेण्ड रनर अप हुदै २० हजार नगद र क्राउन प्राप्त गरिन् । नेपाल तमु विद्यार्थी छोंज धिं कास्कीले प्रतियोगिताको आयोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment