Comments Add Comment

पुरानो मायालु सम्झंदै शिशिर भुसाल

sishir-bhusalकाठमाडौं । लोक दोहोरी गायनमा सक्रिय शिशिर भुसालको नयाँ गीत सार्वजनिक भएको छ । ‘अब साइनो छैन केहि पनि’ बोलको गीतमा माया गरेर पनि संगै घरजम गर्न नपाएकाहरुको कथा समेटिएको छ ।

शिशिर र देवी घर्तिको स्वर रहेको यस गीतमा गणेश चौलागाइको शब्द संगीत रहेको छ । नेपाली लोक दोहोरी गीतमा मौलिक नेपाली शब्द र भाव हुनुपर्छ भन्ने धारणा राख्ने शिशिरले अहिले राम्रो प्रतिक्रिया पाइरहेका छन् । ‘गीत सुन्नेहरुले राम्रो प्रतिक्रिया दिनु भएको छ उत्साहित छु’ अनलाइनखबरसँग कुरा गर्दै शिशिरले भने ।

माया प्रेमका अतिरिक्त दसैं गीत र रोईला गीतमा स्वर दिएका शिशिर मौलिक लोकगीतको खोजीमा आफ्नो अभियान जारी रहेको बताउछन् । ‘लोक गीत झारा टार्ने प्रवृत्तिको हुनुहुन्न । स्रोताले सुन्ने बित्तिकै यो लोकगीत हो भनेर थाह पाउनुपर्छ’ उनको भनाई थियो ।

कपिल लामाको निर्देशनमा बनेको भिडियो पनि राम्रो बनेको छ । रामकृष्ण दुवाडी, सिमरन क्षेत्रीलगायतले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment