Comments Add Comment

पूर्वमन्त्री घिमिरेको खोजीबारे बुझ्न यातायातमन्त्री लेखक दुर्घटनास्थलमा

पूर्वगृहमन्त्री घिमिरेको खोजीमा दुई सय सुरक्षाकर्मी परिचालन

Ramesh-Lekhak-at-Ghoptevir,Chitwan
दुर्घटनास्थलमा यातायातमन्त्री रमेश लेखक । तस्वीर: रमेश लेखकको फेसबुक

१० असोज, चितवन । त्रिशुली नदीमा जीप दुर्घटनामा बेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित तीनजनाको खोजी कार्य जारी छ । दुर्घटनास्थलमा सोमबार यातायात मन्त्री रमेश लेखक आएका छन् । उनले दुर्घटनास्थलको अवलोकन गर्ने र वेपत्ताहरुको खोजी कार्यबारे जानकारी लिनेछन् ।

आइतबार रातभर खोजी गरिएपनि जीप र घिमिरे परिवारका सदस्य फेला परेका छैनन् । र, खोजी कार्य बिहान पनि जारी राखिएको प्रहरीले जनाएको छ ।

घिमिरेको खोजीका लागि २ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाकर्मीहरुले त्रिशुली नदीका विभिन्न भागमा खोजी कार्य जारी राखेका छन् । जसका लागि रामनगर, मुग्लीन, पुल साइड, कालीखोला साइड, सेती त्रिशुली दोभान, कविलास, जुगेडी, रामनगर, देवघाटलगायतका स्थानमा ब्लक बनाएर खोजी कार्य भइरहेको चितवन प्रहरी प्रमुख बसन्त कुँवरले जानकारी दिए ।

मुग्लीनबाट काठमाडौं तर्फ आउँदै गरेको जीप आइतबार साँझ पाँच बजे घोप्टेभीरबाट करिब तीन सय मिटर तल त्रिशुली नदीमा खसेको थियो ।

दुर्घटनामा घिमिरेकी आमा ८० वर्षीय चैत्यकुमारी घिमिरे, अंगरक्षक रामचन्द्र कार्की र आफन्त नारायणप्रसाद काफ्लेको निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment