Comments Add Comment

मधेस समस्या समाधान गर्न कांग्रेसले अग्रसरता लिन्छ: सिंह

१० असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक सहमति जुटाएर मधेसको समस्या तत्काल समाधान गर्न कांग्रेसले अग्रसरता लिने बताएका छन् ।

Prakashman-Sing,-RR_Schoolरत्नराज्य स्कुलमा सोमबार शुद्ध खानेपानी प्लान्ट हस्तान्तरण कार्यक्रममा बोल्दै सिंहले सबैको अपनत्व हुनेगरी संविधान संशोधन गर्न मुख्य दलहरुबीच छलफल केन्दि्रत हुनुपर्नेमा जोड दिए ।

‘१६/१७ महिना अब बाँकी छ । राजनीतिक समझदारी जुटाउन सके यो अवधिमा पनि तिनै तहको चुनाव गर्न सकिन्छ,’ उनले भने ।

समयसीमा अत्यन्तै कम भएकाले दलहरुले समयको चाप बुझ्नुपर्ने भन्दै उनले अन्यथा राजनीतिक अन्योलता आउने चेतावनी दिए ।

दलहरु मिलेर अघि बढ्नसके असम्भव केही पनि नहुने उनको धारणा थियो ।

सामाजिक उतरदायित्व अन्तरगत एभरेस्ट बैंकले १० लाख रुपैयाँ सहयोगमा शुद्ध खानेपानी प्लान्ट उपलब्ध गराएको हो ।

कार्यक्रममा बैंकका अध्यक्ष बीके श्रेष्ठले विद्यालय सहयोग गर्न पाएकोमा अत्यन्तै खुसी लागेको बताए ।

सो प्लान्टबाट रत्नराज्य विद्यालयका करिब दुई हजार विद्यार्थीहरु लाभान्वित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment