Comments Add Comment

मन्त्रीसामू ‘सरकारी’ सिटामोल उत्पादन (फोटो फिचर)

६ वर्षपछि चल्यो सरकारी औषधि उद्योगको मेसिन

medicine industry (5)

१० असोज, काठमाडौं । सरकारी उद्योगहरु पुनः सुचारु गर्ने अभियानमा लागेका उद्योगमन्त्री नविन्द्रराज जोशीले सोमबार नेपाल औषधि लिमिटेडको स्थलगत निरीक्षण गरेका छन् । ६ वर्षदेखि बन्द औषधि उद्योगको मेसिन चलाएर कर्मचारीहरुले मन्त्री जोशीकै सामू औषधि उत्पादन गरेर देखाए ।

राजनीतिक हस्तक्षेपका कारण नेपाल औषधि लिमिटेड २०६७ सालदेखि बन्द भएको थियो । असोज २ गतेको मन्त्रिपरिषदको बैठकले उद्योग सञ्चालनका लागि १५ लाख ६५ हजार ऋण सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो ।

उद्योग खुलाउन आवश्यक रकमको जोहो गरेपछि उद्योगमन्त्री जोशी सोमबार मेसिनको अवस्थाबारे बुझ्न पुगेका थिए । औषधि उद्योगको निरीक्षणपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री जोशीले भवन तथा मेसिनलाई सामान्य अपग्रेड गर्दै तत्काल आठ प्रकारका औषधि उत्पादन गर्न सक्ने जानकारी दिए ।

medicine industry (11)

नेपाल औषधि लिमिडेटका पूर्वप्रमुख राजेन्द्र तुलाधरले मन्त्री जोशीसामू कच्चा पदार्थ ल्याइदिए केहि दिनमै सिटामोलसहित अत्यावश्यक औषधि उत्पादन गर्न कुनै समस्या नरहेको बताए । ‘विश्व स्वास्थ्य संगठनको मापदण्डमा जान पनि कम्पनीलाई कुनै समस्या छैन,’ तुलाधरले भने, ‘उद्योग सञ्चालन गर्दै मापदण्ड पूरा गर्न पनि मिल्छ ।’

सिटामोल, जीवनजल, आइरन चक्की, एम्जिट, नेमोक्सिल, कफहिष्ट, कपनाश र आरडीजेड औषधि उत्पादन गर्ने मेसिनमा कुनै खराबी नरहेको तुलाधरले बताए । तुलाधरले मन्त्री जोशीलाई उद्योगमा रहेको सबै मेसिनबाट औषधि उत्पादन गरेर समेत देखाएका छन् ।

medicine industry (10)

‘उद्योग सञ्चालन गर्दै एक वर्षभित्र सबै मापदण्ड पूरा गर्न सकिन्छ’, तुलाधरले अघि भने, ‘उद्योग पुनर्निर्माण तथा फर्मेसनको लागि आवश्यक क्षेत्रफलमा पनि कुनै समस्या छैन ।’

उद्योगसँग १ लाख ८० हजार स्क्यावर फिट क्षेत्रफल छ ।

medicine industry (13)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment