१० असोज, काठमाडौं । जिल्ला विकास समितिको नेतृत्वमा बन्ने प्राविधिक समितिले धादिङ जिल्लामा १ नगरपालिका र ११ गाउँपालिका सहित १२ वटा स्थानीय तह गठनको प्रस्ताव गरेको छ ।
स्थानीय तहको संख्या र सिमांकन निर्धारण आयोगले धादिङलाई बढीमा ११ वटासम्म स्थानीय तह गठन गर्न सक्नेगरी सिलिङ तोकेको थियो ।
तर आयोगले तोकेको सिलिङभन्दा थप एउटा संख्या बढाएर १२ स्थानीय तह प्रस्ताव गरेको हो । देशको राजधानीसँग जोडिएको र मुख्य राजमार्गले छोएको भएपनि धादिङको आर्थिक अवस्था भने कमजोर देखिएको छ ।
राजधानीसँग जोडिएको जिल्लामा १२ वटा स्थानीय तह घोषणा हुँदा एउटा मात्र नगरपालिका गठन हुने मापदण्ड पूरा भएका छन्, बाँकी सबै गाउँपालिका बन्ने भएको हो ।
त्यसमध्ये एक गाउँपालिकालाई बिशेष हिमाली क्षेत्र र अर्को चेपाङ बाहुल्य क्षेत्रलाई चेपाङ बिशेष संरक्षित क्षेत्र घोषणा गर्न आयोगलाई सिफारिस गरेको छ ।
चार गाविस गाभ्ने प्रस्ताव
बिशेष हिमाली क्षेत्रमा प्रस्तावित रुवी भ्याली गाउँपालिकालाई धादिङको जिल्ला प्राविधिक समितिले बिशेष हिमाली क्षेत्रको रुपमा प्रस्ताव गरेको हो । उक्त गाउँपालिकामा लापा, सेर्तुङ, तिप्लिङ र झार्लाङ गरी चार गाविस गाभ्ने प्रस्ताव गरेको छ ।
यस्तै जोगिमारा, धुषा, बेनिघाट, महादेवस्थान, गजुरी र पिडा गाविसका चेपाङ समुदायको बाहुल्यता रहेका वडाहरु र चितवन र मकवानपुरका महाभारत लेकमा रहेका चेपाङ जातिलाई समेटेर एकीकृत चेपाङ विशेष क्षेत्र घोषणा गर्न आयोगलाई सिफारिस गरेको छ ।
हेर्नुहोस् प्रस्तावित गाविस र वडा बिभाजन
क्र.सं. | गाउँपालिका तथा नगरपालिकाको नाम | केन्द्र | समावेस हुने गाविस तथा नगरपालिकाहरु | जनसंख्या (जनगणना २०६८ अनुसार) | कैफियत |
---|---|---|---|---|---|
१. | रुवी भ्याली गाउँपालिका | साविक सेर्तुङ गाविसको वडा नं. ४ चालिस | लापा, सेर्तुङ, तिप्लिङ, झार्लाङ | १३,७२० | विशेष हिमाली क्षेत्र |
२. | डापजोङ गाउँपालिका | मार्पाक ७, सापटारी | दार्खा, सत्यदवेवी, मार्पाक, कटुन्जे, सेम्जोङ | २१,४६१ | |
३. | गंगाजमुना गाउँपालिका | मण्डली, फुलखर्क | बसेरी, बुढाथुम, फुलखर्क, री, गुम्दी | २१,७८४ | |
४. | सल्यान्टार गाउँपालिका | सल्यान्टार | सल्यानटार, आगिन्चोक, त्रिपुरेश्वर, सल्यानकोट, मुलपानी | २२,९६० | |
५. | ज्वालामुखी गाउँपालिका | साधभन्ज्याङ | चैनपुर, खरी, ढोला, ज्यामरुङ | २१,७६१ | |
६. | सिद्धलेक गाउँपालिका | ढापभन्ज्याङ | नलाङ, सलाङ, मैदी | २२,९२० | |
७. | निलकण्ठ नगरपालिका | धादिङबेसी | निलकण्ठ, खाल्टे, धुवाकोट | ५१,५१७ | |
८. | धुनिवेसी गाउँपालिका | धुनिवेसी | छत्रे, जीवनपुर, नौविसे | ३१,०२९ | |
९. | महादेववेसी गाउँपालिका | महादेववेसी | थाक्रे, तसर्पु, केवलपुर, भूमेस्थान | ३०,७८५ | |
१०. | गल्छी बैरेनी गाउँपालिका | डल्टार | बैरेनी, कल्लेरी किरान्चोक, गोगनपानी | ३३,७९० | |
११. | गजुरी गाउँपालिका | गजुरी | गजुरी, पिडा, कुम्पुर | ३१,०९० | |
१२. | रोराङ गाउँपालिका | विशालटार | जोगिमारा, धुषा, बेनिघाट, महादेवस्थान | ३१,४७५ | |
जम्मा | ३३४,२९२ |