Comments Add Comment

महाअभियोग सिफारिस समिति बनाउने सभामुखको प्रस्ताव

१० असोज, काठमाडौं । सभामुख ओनसरी घर्ती मगरले प्रमुख दलहरुसमक्ष महाअभियोग सिफारिस समिति तत्काल गठन गर्ने प्रस्ताव राखेकी छन् ।

Onsari Gharti (1)सोमबार प्रमुख दलहरुको बैठक बोलाएर उनले महाअभियोग सिफारिससहित तीन समिति गठनको प्रस्ताव राखेकी हुन् ।

संविधानको धारा १०१ मा महाअभियोगसम्वन्धी व्यवस्था छ । कुनै व्यक्तिविरुद्ध महाअभियोगको प्रस्ताव पेश गर्ने आधार र कारण भए नभएको छानविन गरी सिफारिस गर्न महाअभियोग सिफारिस समिति बनाउने उपधारा ३ मा उल्लेख छ ।

यस्तो समिति ११ सदस्यीय हुनेछ । सभामुखले संसदमा दलहरुको उपस्थितिका आधारमा प्रतिनिधित्व हुने गरी समिति गठनको प्रस्ताव राखेकी छन् ।

सभामुखले संविधान कार्यान्वयन तथा निर्देशन समिति र आचरण अनुगमन समिति गठनको प्रस्ताव राखेकी छन् ।

यसबारे संसद सचिवालयले गृहकार्य गर्ने र १३ गतेको बैठकमा थप छलफल गर्ने सहमति भएको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment