Comments Add Comment

दशैंमा नारायणगढ-मुग्लिन सडक सहज बनाउन मन्त्रीको निर्देशन

Narayangarh-mugling-sadak-1

१० असोज, चितवन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले चाडपर्वका बेला नारायणगढ-मुग्लिन सडक सहज वनाउन निर्देशन दिएका छन् ।

काठमाडौं प्रवेश गर्ने र काठमाडौंलाई पूर्वपश्चिम राजमार्गसँग जोड्ने प्रमुख सडकका रुपमा रहेको नारायणगढ-मुग्लिन सडकखण्डको आज निरीक्षण गर्दै मन्त्री लेखकले चाडपर्वका बेला दुईतर्फी रुपमा नै सवारीसाधान निर्वाध सञ्चालनको व्यवस्था गर्न सडक विभाग र सम्वन्धित ठेकेदार कम्पनीहरुलाई निर्देशन दिएका हुन् ।

उनले मुख्य चाडपर्वहरु दशैं र तिहारको वेला जस्तोसुकै उपाय निकालेर भएपनि आवागमन सहज वनाउन आयोजनाका कर्मचारीलाई निर्देशन दिए । मन्त्री लेखकले दशैंपछि नारायणगढ-मुग्लिन सडक तीव्रगतिमा निर्माण गरीने वताए ।

यातायात व्यवस्था विभागले असोज ६ गते नारायणगढ-मुग्लिन सडक विस्तारको काम असोज १० गतेदेखि ३० गतेसम्मका लागि बन्द गर्न सडक विभागलाई पत्राचार गरेको थियो ।

Narayangarh-mugling-sadak

जिल्ला प्रशासन कार्यालय चितवनमा असोज ४ गते बसेको प्रशासन कार्यालय, सडक विभाग, ठेकेदार कम्पनीका पदाधिकारीसहितको बैठकले असोज १० गतेसम्म सडकका सवै खाल्डाखुल्डी पुरेर दुई तर्फी रुपमा यातायात सहज बनाउने सहमति गरेको थियो ।

दशैको अवधिमा ५ वटा लोडर, ६ वटा टिपर र तीन वटा ट्यांकर तथा प्राविधिकहरुलाई चालु अवस्थामा राखिने छ ।

२०७२ को वैशाखबाट निर्माण कार्य सुरु गरिएको आयोजनाको २०७३ भदौ महिनासम्मको प्रगति हेर्दा २५ प्रतिशत काम सम्पन्न भएको छ । पहिलो संशोधित कार्यक्रम अनुसार यस अवधिमा ३३ दशमलव ६० प्रतिशत काम सकिनुपर्नेमा २५ दशमलव ६२ प्रतिशत काम सकिएको हो ।

चितवनबाट सुवास पण्डितको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment