Comments Add Comment

बसको ठक्करबाट एकको मृत्यु

१०, असोज, चितवन । चितवनको भरतपुर उपमहानगरपालिका १० भरतपुर ओरालोमासोमबार दिउँसो बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।

busजिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार अर्का भने एक जना घाइते भएका छन् ।

भरतपुरबाट नारायणगढतर्फ जाँदै गरेको ना ३ ख ९४३९ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको ना ४१ प ६३९७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एकको मृत्यु चएको हो ।

मृत्यु हुनेमा भरतपुर उपमहानगरपालिका वडा नं. ४ का ३३ वर्षीय भरत महरा छन् । दुर्घटनामासोही ठाउँका ३२ बर्षीय भीमलाल तामाङ घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ओरालोमा ब्रेक फेल भएपछि बस अनियन्त्रित भई अन्य मोटरसाईकललाई पनि सामान्य ठक्कर दिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment