Comments Add Comment

क्यास्परस्की एन्टीभाइरस २०१७ नयाँ संस्करण बजारमा

kaspersky (2)

१० असोज, काडमाडौं । सागर टेक्नोलिंकले रसियन कम्पनी क्यास्परस्की ल्यावसँगको सहकार्यमा ‘क्यास्परस्की एन्टीभाइरस २०१७ नयाँ संस्करण’ बजारमा ल्याएको छ । टेक्नोलिंकले राजधानीमा एक कार्यक्रम गरेर एन्टीभाइरसको नयाँ संस्करण बजारमा ल्याएको हो ।

कम्पनीले नयाँ संस्करण शुभारम्भको अवसर पारेर उपभोक्तालाई र्थी डिभाइसको एण्टीभाइरस सर्पोटको २००० रुपैयाँलाई लाई घटाई १७ सय ५० रुपैयाँ कायम गरेको छ । साथै यसको अफर अवधिभरमा भने ८ सय ७५ रुपैयाँमा उपभोक्ताले खरिद गर्न पाउने कम्पनीले जनाएको छ ।

यसैगरी १ हजार मूल्य पर्ने एक डिभाइसको मूल्य ५ सय रुपैयाँ तोेकेको छ । साथै कम्पनीले इन्टरनेट सेक्युरिटी र टोटल सेक्युरिटीमा समेत ५० प्रतिशत सम्म छुट व्यवस्था गरेको छ ।

‘डिजिटल संसारमा नेपाल पनि तिब गतिमा अघि बढिरहेको छ, डिजिटल सुरक्षा अतिनै आवश्यक छ’ क्यास्परस्की ल्याव दक्षिण एशियाका प्रबन्ध निर्देशक अल्ताफ हल्दीले भने, ‘क्यास्परसकीको तर्फबाट प्रयोग कर्ताहरुकालागि महत्वपूर्ण डिजिटल सम्पत्तिलाई हृयाकर, मालवेयर डेभलपर लगायतका साइबर अपराधीहरुबाट सुरक्षित राख्न चाहन्छौं ।’

सागर टेम्नोलिंकले भने नेपालमा आफ्नो उत्पादनको हिस्ता ६० प्रतिशत भन्दा बढी रहेको दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment