Comments Add Comment

पुष्प व्यवसाय गर्ने धेरै तामाङ जातिका, महिला संचालक २९ प्रतिशत

Flowers
फाइल फोटो

१० असोज, काठमाडौं । पुष्प व्यवसायमा संलग्नमध्ये धेरै तामाङ जातिका भएको सरकारी तथ्यांकले देखाएको छ । केन्द्रीय तथ्यांक विभागले सोमबार सार्वजनिक गरेको व्यावसायिक पुष्पखेती सर्वेक्षणले पुष्प व्यवसायमा संलग्नमध्ये २८ प्रतिशत तामाङ जातिका देखाएको छ ।

तामाङपछि क्षेत्री पुष्प व्यवसायमा संलग्न छन् । विभागले नेपालका विभिन्न्ा ३६ जिल्लामा ५ सय ६१ पुष्प व्यवसायी रहेको र तीमध्ये २ सय ८३ वटा पुष्प व्यवसाय काठमाडौंमा रहेको बताएको छ ।

विभागले हिमाली तथा पहाडी जिल्लामा कम्तिमा ८ आना तथा तराईका जिल्लामा कम्तिमा १० धुर जग्गामा मौसमी, वहुवर्षे फूल तथा आलंकारिक बोटविरुवा उत्पादनलाई आधार मानेर सार्वजनिक गरेको यो तथ्यांक अनुसार नेपालमा १ सय ४७ दशमलव ४ हेक्टर जमिनमा पुष्प खेती हुने गरेको छ ।

४७ दशमलव ४ हेक्टर जमिनमा लुज फ्लावर, ४२ दशमलव ४ हेक्टरमा मौसमी/वहुवर्षे र आलंकारिक फूल, ३७ दशमलव ४ हेक्टरमा कट् फ्लावर र ३ दशमलव १ हेक्टर क्षेत्रफलमा गार्डेन दुबोको खेती हुने गरेको छ । तथ्यांक विभागका उपमहानिर्देशक सुमनराज अर्यालले एक वर्षमा ६७ करोड १४ लाख रुपैयाँको फूल उत्पादन भएको भन्दै नेपालमा पुष्प व्यवसायको सम्भावना राम्रो देखिएको बताए ।

पुष्प व्यवसायमा २९ प्रतिशत महिला संचालक रहेको र तीमध्ये ७७ प्रतिशत लुज फ्लावर उत्पादनमा संलग्न रहेको विभागको सर्वेक्षणमा उल्लेख छ । आफ्नो जग्गामा भन्दा अरुको जग्गा भाडामा लिएर पुष्प खेती हुने गरेको पनि पाइएको छ । यस्तै पुष्प व्यवसाय संलग्नमध्ये २६ प्रतिशतले सहकारी र बैंक तथा वित्तीय संस्थाको ऋण लिएको देखिएको छ । बीउ विरुवा खरिद् र टनेल निर्माणका लागि सहकारीबाट ऋण लिनेको संख्या ३६ प्रतिशत छ ।

व्यवसायीहरुमध्ये २५ प्रतिशतले बीउ विरुवा आफैं विदेशबाट आयात गर्ने गरेको सर्वेक्षणमा उल्लेख छ । सर्वेक्षणका अनुसार ५८ प्रतिशत पुष्प व्यवसायी तालिम प्राप्त हुन् भने ६९ प्रतिशत व्यवसायी नेपालमा फूलको बजार राम्रो रहेको भन्दै व्यवसाय प्रबर्द्धन गर्ने पक्षमा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment