Comments Add Comment

लिंकेजेज नेपाल प्रोजेक्टको घोषणा

US-AID

१० असोज, काठमाडौं । नेपालस्थित अमेरिकी दूताबासले लिंकेजेज नेपाल प्रोजेक्टको घोषणा गरेको छ ।

दूताबासले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी)मार्फत थालेको साथ-साथ प्रोजेक्ट भने समापन भएको छ । यो समापनसँगै नयाँ प्रजेक्ट घोषणा गरेको हो ।

नयाँ प्रोजेक्टले एचआइभी रोकथाम, हेरचाह र उपचार कार्यक्रमलाई निरन्तरता दिन सहयोग गर्नेछ ।

लिङ्केजेज प्रोजेक्ट अक्टोबर २०१६ मा शुरु हुनेछ र यसले नेपालको महत्वकांक्षी लक्ष्य एड्स रहित पुस्ताको निर्माण गर्न र युएनएड्सको सन् २०२० सम्ममा ९०-९०-९० लक्ष्यलाई हासिल गर्न सहयोग गर्ने विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment