Comments Add Comment

१२ हजार फिटमा उडिरहेको नेपाल एयरलाइन्सको विमानमा धुवाँ आएपछि…

NA_Lumbini-Airbus
फाइल तस्वीर

१० असोज, काठमाडौं । नयाँ दिल्लीबाट काठमाडौं आउँदै गरेको नेपाल वायु सेवा निगमको एयरबसमा एक्कासी धुवाँ आएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरेको छ ।

लुम्बिनी नामाकरण गरिएको एयरबस नेपालभित्रको सिमानामा प्रवेश गरिसकेपछि जहाजभित्र धुवाँ देखिएको थियो । चालकदलका सदस्यसहित १ सय ६३ जना यात्रु रहेको विमानले १२ हजार ५ सय फिट उचाईमा रहेको अवस्थामा धुवाँ देखिएको थियो ।

लगतै चालकदलले ३:२५ मा काठमाडौं टावरलाई सम्पर्क गरी जहाजमा धुवाँ देखिएकाले आकस्मिक अवतरणका लागि अनुमति मागेको एयर ट्राफिक कन्ट्रोलले बताएको छ । र, चार मिनेटभित्र (३:२९मा) आकस्मिक अवतरण गर्ने निर्णय लिइएको विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरले अनलाइनखबरलाई जानकारी दिए ।

विमानलाई सुरक्षित अवतरण गराउन फ्लाइ दुबईलाई लखनउ डाइभर्ट गरिएको थियो भने सबै उडान पनि रोकिएको थियो

उनका अनुसार लगत्तै विमानस्थल बन्द गरेर आकस्मिक अवतरणका लागि आवश्यक तयारी थालिएको थियो ।

विमानलाई सुरक्षित अवतरण गराउन काठमाडौंमा ल्याण्ड हुन लागेको फ्लाइ दुबईलाई लखनउ डाइभर्ट गरिएको थियो । काठमाडौंबाट हुने सबै उडान पनि रोकिएको थियो ।

‘नेपाल एयरलाइन्सको विमान आकस्मिक अवतरण गर्ने क्रममा धावनमार्गमा दमकल, एम्बुलेन्स लगायतका आवश्यक सबै तयारी गरिएको थियो । प्रवक्ता ठाकुरले भने, ‘सुरक्षित अवतरण गराउन सफल भयौं ।’ उनका अनुसार ३:५० मा विमान अवतरण भएको थियो ।

विमानमा रहेका सबै यात्रु सकुशल ओर्लिएका छन् भने जहाजमा कुनै आगजनीको खतरा नभएपछि जहाजलाई विमानस्थलको एक नम्बर पार्किङ-वेमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment