Comments Add Comment

याहू प्रयोगकर्ता हो ? तपाईको एकाउन्ट त हृयाक भएको छैन ?

Yahoo

इन्टरनेट कम्पनी याहूका ५० करोड प्रयोगकर्ताको एकाउण्ट हृयाक भएपछि अनलाइनको दुनियामा एउटा ठूलो भूकम्प आएको छ ।

याहू अव संसारको लोकप्रिय मेल सर्भिसमध्ये एक रहेन । तर, थुप्रै प्रयोगकर्ताको बारेमा किसिम किसिमका जानकारी अनलाइन स्टोर भएका कारण ती जानकारी हृयाकरको हातमा पुग्ने खतरा बनेको छ ।

यदि हृयाक भएको एकाउण्टमा तपाईको एकाउण्ट पनि परेको छ भने तपाईंलाई याहूबाट यसबारेमा इमेल आएको छ । त्यसैले तुरुन्तै केहि उपाय अपनाउनुहोस् ।

सबैभन्दा पहिले एकाउण्टको पासवर्ड परिवर्तन गर्नुहोस् । त्यसलाई बलियो बनाउनुहोस् । पासवर्डमा शब्द, सङख्या र बिशेष क्यारेक्टरको पनि प्रयोग गर्नुहोस् ।

यस्तो गरेपछि तपाईंको पासवर्ड पहिलाको भन्दा केहि लामो हुनेछ र हरेक पटक प्रयोग गर्न तपाईंलाई असजिलो बन्न सक्छ । तर, यो तपाईंको सुरक्षाका लागि भने निक्कै प्रभावकारी हुनेछ ।

सीएनएन मनीले यसबारेमा प्रयोगकर्तालाई थुप्रै उपाय सुझाएको छ । उुका अनुसार कुनैपनि पासवर्डलाई पटक-पटक प्रयोग गर्नु हुन्न ।

यस रिपोर्टलाई मान्ने हो भने एकाउण्टसँग जोडिएको सबै सेक्युरिटीको सवाल पनि परिवर्तन गर्नुपर्छ । यदि एकाउण्ट हृयाक भएको छ भने हृयाकरसँग त्यसका बारेमा सबै जानकारी हुन्छ । त्यसैले यसलाई बदल्नु जरुरी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment