Comments Add Comment

पीएसजीका डिफेण्डरलाई दुई महिना जेल सजाय

Serji-oris

पेरिस सेन्ट जर्मेनका डिफेण्डर सर्जी ओरियालाई दुई महिनाको जेल सजाय सुनाइएको छ । साथै ५ सय २१ पाउण्ड जरिवाना तोकिनुका साथै १३०० पाउण्ड अदालती शूल्क सुनाइएको छ ।

उनीमाथि मे ३० मा एक नाइट क्लब बाहिर प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप छ । यद्यपी उनी अहिले नै जेल जानु पर्दैन ।

फैसलाविरुद्ध अपिल गर्ने मौका पाउनेछन् । च्याम्पियन्स लिगमा लुडोगोरेट्स विरुद्ध पीएसजीको टोलीमा उपलब्ध हुने बताइएको छ ।

ओरिया तीनै हुन्, जसले लिगमा आर्सनलविरुद्ध पीएसजीले गरेको गोलका लागि काभानीलाई पास उपलब्ध गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment