Comments Add Comment

काठमाडौं छिर्ने नाकाबाट लागूऔषधसहित दुई पक्राउ

उपत्यका छिर्ने प्रमुख नाकाहरुमा सुरक्षा व्यवस्था कडा

Lagu-Aausad-Corex

१० असोज ,काठमाडौं । चाडवाड नजिकिएसँगै प्रहरीले उपत्यका छिर्ने नाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ । उपत्यका छिर्ने मुख्य नाका नागढुंगामा प्रहरीले तालिमप्राप्त कुुकुरसहित ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ ।

सोमबारको चेकजाँचका क्रममा प्रहरीले ठूलो मात्रामा अवैध लागुऔषध कोरेक्ससहित दुइ जनालाई पक्राउ गरेको छ ।

बिहान करीव ११ बजे नागढुंगा चकेप्वाइन्टमा धरानबाट काठमाडौं आउँदै गरेको बसबाट एक सय ९५ थान अवैध लागुऔषध कोरेक्स बरामद भएको हो ।

थान्कोट बृतका डीएसपी कृष्ण पंगेनीका अनुसार धरानबाट काठमाडौं आउँदै गरेको ना ६ ख ४९७७ नंम्बरको फिफा लेखिएको बसबाट सो लागुऔषध बरामद भएको हो ।

प्रहरीको चेकजाँचको क्रममा बसको डिक्कीमा राखिएको झोलामा उक्त लागुऔषध भेटिएको हो । लागुऔषध ल्याउने सप्तरीका २० बर्षीय विरेन्द्र यादव अर्कै बसबाट पक्राउ परेका छन् ।

धरानबाट काठमाडौंका लागि छुटेको बसको डिक्कीमा सुनसरीको रुपनगरबाट लागूऔषध पठाएर उनीचाहीँ काँकडभिट्टाको नाइट बसमा चढेका थिए ।

‘निकै चलाखीपूर्ण तरिकाले लागुऔषध एउटा बसमा आफु अर्कै बसमा आएको देखिन्छ तर हामीले कारोवारी र लागुऔषध दुवैलाई नियन्त्रणमा लिएका छौं’, डीएसपी पंगेनीले भने ।

प्रहरीले यादवको साथबाट पनि नाईट्रोसिन नामको लागुऔषध पनि ९० ट्याब्लेट बरामद गरेको छ ।

उक्त लागुऔषध लिन आउने सप्तरीका पंकज कुमारलाई पनि प्रहरीले कलंकीबाट पक्राउ गरेको छ ।

चाडवाडको समयमा बाहिरबाट उपत्यका छिर्ने सवारी साधन अवैध हातहतियार लागुऔषध तथा पटका लगाएतका सामानहरु भित्रिन सक्ने भन्दै प्रहरीले कुकुर सहित चेकजाँच बढाएको डीएसपी पंगेनीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment