Comments Add Comment

इपिएलमा पञ्चकन्या र बिशाल वारियर्स बिजयी

१० असोज, काठमाडौं । काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग इपीएल क्रिकेट अन्तर्गत आज सम्पन्न खेलमा पञ्चकन्या तेज र विशाल वरियर्सले आ-आफ्नो खेलमा जित हासिल गरेका छन् ।

Everest-Premier-League.कीर्तिपुरस्थित टियु मैदानमा भएको खेलमा कलर्स एक्स फ्याक्टर्सलाई ३४ रनले पराजित गर्दै पञ्चकन्याले लागातार दोस्रो जित दर्ता गरेको हो । पन्चकन्याले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको कलर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २० रन मात्र बनाउन सक्यो ।

कलर्सका लागि हिमांशु दत्तले २८ तथा हरिशंकर शाहले २५ रन बनाए । पञ्चकन्याका करण केसी र शरद भेषावकरले समान ३ – ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्चकन्याले निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । पञ्चकन्याका लागि आरिफ शेखले ६७ रनको महत्वपूर्ण योगदान दिए ।

आजै भएको अर्को खेलमा सगरमाथा लेजेन्टलाई २५ रनले पराजित गर्दै विशाल वारियर्सले पहिलो जित दर्ता गर्‍यो । पहिले व्याटिङ गरेको विशाल वारियर्सले निर्धारित २० ओभरमा ४ विकेटको नोक्सानीमा १ सय ७४ रन बनायो । उस्का लागि कप्तान पारस खड्काले ९९ रनको पारी खेले ।

जवाफमा १ सय ७५ रनको लक्ष्य पच्छाएको सगरमाथा लेजेन्ट ५ विकेट गुमाउदै १ सय ४९ रनमा समेटियो । सगरमाथाका लागि सुनिल धमलाले ८७ रन बनाए पनि त्यो जितका लागि प्रयाप्त भएन । बलिङ तर्फ विशाल वरियर्सका सुशान भारीले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment