Comments Add Comment

एक तस्वीर, जसले किर्गिस्तानलाई बनायो ‘लज्जित’

kid

किर्गिस्तानको ओश प्रान्तमा सडकमा सुतेको एक बच्चाको तस्वीरलाई लिएर मानिसहरु आक्रोसित भएका छन् ।

तीन वर्षका बालकको यो तस्वीर इन्टरनेटमा भाइरल भएको छ र मानिसहरुले सामाजिक सञ्जालहरुमा आक्रोस व्यक्त गर्नुका साथै यसलाई लाजमर्दो भनेका छन् ।

किर्गिस्तानका मानिसहरु देशको गरिबी र खराब आर्थिक अवस्थाबारे चर्चा गरिरहेका छन् ।

सडकमा कार्टुनको टुक्रामाथि सुतेका बालक ओश प्रान्तका हुन् । यो तस्वीर पोष्ट गर्नेले लेखेका थिए कि यदि यो बच्चा बजारमा यसरी सुत्नुको साटो स्कुलमा भए राम्रो हुन्थ्यो ।’

यो तस्वीर पोष्ट भए लगतै मानिसहरुले शेयर गरेका छन् र बच्चालाई सडकमा सुताएको आमाको पनि आलोचना गरेका छन् । साथै मानिसहरुले र्किर्गिस्तान सरकार र राष्ट्रपतिको धेरै आलोचना गरेको बीबीसीले जनाएको छ ।

बीबीसीसँग कुराकानीमा बालककी आमा जुल्फिया यूसेनोवाले भनेकी छन्, जब म काम गरिरहेको थिएँ, मेरो छोरालाई निद्रा लाक्ष्यो र उनी त्यही सुते । मलाई यो थाहा नै भएन । मैले उनलाई सडकबाट उठाएर कार्टुनमा सुताएँ । उ मुस्किलले १०/१५ मिनेट मात्र सुत्यो ।’

जुल्फियाका अनुसार उनको परिवार आर्थिक संकटमा छ र पति कमाउनका लागि भनेर रुस पुगेका छन् ।

किर्गिस्तान अहिले आर्थिक संकटबाट गुज्रिरहेको छ र करिव १५ लाख अर्थात देशको कुल जनसंख्याको २० प्रतिशत राम्रो रोजगारीको खोजीका लागि रुस पुगेका छन् ।

यो तस्वीर भाइसल भएपछि राष्ट्रपतिले यसमा चासो दिनु पर्ने माग पनि भइरहेको छ ।  जुल्फियाका अनुसार अनुसार एक मन्त्री उनको घरमा पुगेका थिए र, खानाका केही डब्बा, कपडा दिएका छन् ।

सहयोगका बावुजद जुल्फिया आफ्नो छोराको चर्चा सामाजिक सञ्जालमा भएको लज्जित छिन् । उनले भनिन्, म निकै लज्जित छु । म गरीब छु तर, आफ्नो बच्चाको हेरचाह गर्छु र अल्छी होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment