Comments Add Comment

सानिमा क्यापिटलले कारोबार सुर्‍यो

sanima-capatil१० असोज, काठमाडौं । सानिमा बैंकको पूर्णस्वामित्वमा स्थापना एको सानिमा क्यापिटल लिमिटेडले सोमबारबाट कारोबार सुरु गरेको छ ।
कम्पनीको उद्घाटन नेपाल धितोपत्र वोर्डका अध्यक्ष डा. रेवतवहादुर कार्की र बैंकका ब्रान्ड एम्वास्डरद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्तरुपमा गरे ।

क्यापिटलले सामूहिक लगानी कोषको योजना व्यवस्थापककोरुपमा काम गर्नेछ । कम्पनीको अधिकृत पुँजी १५ करोड र चुक्ता पुँजी ११ करोड रुपैयाँ छ ।
कम्पनीको सञ्चालक समिति अध्यक्षमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल छन् । त्त्ससैगरी यसञ्चालकहरुमा तेजवहादुर चन्द, निष्चलराज पाण्डे, सरोज गुरगाई र श्रीप्रसाद पौडेल छन् । प्रमुख कार्यकारी अधिकृतमा मनिषनारायण जोशी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment