Comments Add Comment

असोजभर माछापुच्छ्रे बैंकमा मुस्कानसहितको सेवा

Machhapuchchhre-Bank-LTD-31१० असोज, काठमाडौं । बैंकिङ कारोबार सुरु गरेको १६ वर्ष पुरा भएको अवसरमा माछापुछ्रे बैंकले विभिन्न कार्यक्रम गरी माछापुछ्रे महोत्सव मनाइरहेको छ ।

सो अवसरमा बैंकले आफ्ना सम्पूर्ण शाखाहरुबाट ग्राहकलाई मुस्कानसहितको सेवा दिने जनाएको छ । महोत्सबद अवधिभर ग्राहकहरुलाई कर्जालगायत डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिंग, लकर आदि सेवाहरुमा छुट दिने बैंक द्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

त्यसैगरी, महोत्सवमा सहभागी हुने ग्राहकलाई विभिन्न डिस्काउण्ट कुपनहरु पनिउपलब्ध गराइने छ । असोज महिनाभर महोत्सव मनाउने बैंकले जनाएको छ ।

पोखरामा मुख्य कार्यालय राखेर०५७ सालमा बैंकिङ कारोबार सुरु गरेको बैकले ५६, एक्स्टेन्सन काउण्टर १ र आˆनै ७२ वटा एटिएमबाट ४लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment