Comments Add Comment

प्रचण्डले नौटंगी कुरा गरेः मधेसी मोर्चा, प्रधानमन्त्रीसँग मंगलबार वार्ता गर्ने निर्णय

Morcha-meet

फाइल फोटो

१० असोज, काठमाडौं । मधेसी मोर्चाका नेताले प्रधानमन्त्री पुष्पकमल दाहालमाथि आफूहरुसँग कुरा मिलिसकेको भन्दै नौटंगी गरिरहेको आरोप लगाएका छन् । साथै उसले अब निणर्ायक वार्ता गर्ने निर्णय गरेका छन् ।

सोमबार बसेको मधेसी मोर्चाको बैठकले संविधान संशोधनबारे प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्ने निर्णय गरेको छ । ‘प्रधानमन्त्रीजीले कुरा मिलिसक्यो भन्दै बोलिरहनुभएको छ, तर त्यस्तो केही पनि नभएको शीर्ष नेताहरुले बताउनुभयो,’ गणतान्त्रिक फोरममा अध्यक्ष राजकिशोर यादवले अनलाइनखबरसँग भने, ‘यसबारे मंगलबार प्रधानमन्त्रीसँग मोर्चाले वार्ता गर्ने निर्णय भएको छ र वार्ताको समय मिलाउने जिम्मा महन्थ ठाकुरलाई दिइएको छ ।’

प्रचण्डले संविधान संशोधन गरेर समस्या समाधान गर्छु भने पनि अहिलेसम्म मोर्चासँग त्यस्तो कुनै प्रस्ताव नल्याएको यादवले बताए । उनले भने- प्रचण्डले व्यक्तिपिच्छे कुरा फेरिरहनुभएको छ, काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तो उहाँ नौटंगी मात्रै गरिरहनुभएको छ ।’

प्रधानमन्त्रीले अहिलेसम्म संविधान संशोधनबारे कुनै औपचारिक प्रस्ताव मोर्चासमक्ष नल्याएको भन्दै बैठकमा सबै नेताले असन्तुष्टि राखेको यादवले अनलाइनखबरलाई जानकारी दिए । ‘संविधान संशोधनको औपचारिक प्रस्ताव के हो ? हामी गठबन्धनका पार्टनरहरुलाई अहिलेसम्म थाहा छैन,’ उनले भने ।

इलाकाको प्रस्ताव अमान्य, मुद्दा फिर्ताबारे सोधिने

यसैवीच सत्तारुढ दलले अघि सारेको इलाकाहरुलाई स्थानीय तह बनाउने प्रस्तावको समेत मधेसी मोर्चाले विरोध गरेको छ । बैठकमा यो विषयमा समेत छलफल भएको जानकारी दिँदै यादवले भने-‘इलाकाको प्रस्ताव हामीलाई मान्य छैन, जिल्ला जिल्लामा यसको विरोध गर्ने निर्णय भएको छ ।’

साथै मधेस आन्दोलनका मुद्दा फिर्ताका सम्बन्धमा पनि मंगलबार सररकारसँग मोर्चाले जानकारी माग्ने यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment