Comments Add Comment

मायांका र माहिकालाई उपाधि

१० असोज, काठमाडौं । जुम्ल्याहा दिदी मायांका र बहिनी माहिका राणाको जोडीले प्रथम राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको महिला डबल्स उपाधि जितेका छन् ।

तीन जोडी सहभागी राउन्ड रोविन लिगको अन्तिम खेलमा जुम्ल्याहा जोडीले विभूति कार्की र विजिशा श्रेष्ठको जोडीलाई ६-३ र ६-३ को सोझो सेटमा पराजित गरे । राउन्ड रोविनको समाप्तिसंगै इरा रावत र अभिलाषा विष्टको जोडी दोश्रो भए । अघिल्लो दिन उक्त जोडीले विभूति र विजिशालाई नै हराएका थिए ।

ललितपुर जिल्ला लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्स उपाधिका लागि मायांका र इरा भिड्ने भएका छन् । सेमिफाइनलमा मायांकाले बहिनी माहिकालाई ६-०, १-६ र ६-० ले हराइन् भने इराले भगवती विकलाई ६-२ र ६-१ ले पाखा लगाइन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भइरहेको प्रतियोगिताको पुरुष डबल्समा कमल भण्डारी र श्रीराम मगरको जोडीले सन्तोष खत्री र आत्माराम कार्कीको जोडीलाई ७-६ र ६-४ तथा महेश श्रेष्ठ र संरक्षकभूषण वज्राचार्यको जोडीले अनिल शाही र शक्ति शर्माको जोडीलाई ६-३ र ६-४ को सेटमा पन्छ्याउदै उपाधि भिडन्त पक्का गरे ।

पुरुष सिंगल्समा संरक्षकभूषण वज्राचार्यले श्रीराम मगरलाई ६-७, ६-२ र ६-१, सन्तोष खत्रीले रेन्जन लामालाई ६-३, ३-६ र ६-४, कमल भण्डारीले अनिल शाहीलाई ६-३ र ६-२ तथा नवीन मगरले प्रणव खनाललाई ६-४ र ६-३ को सेटमा पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment