Comments Add Comment

केजरीवालको आरोपः दिल्लीको फोहोर बीजेपीले बनाएको हो !

भारतमा डेंगुको आतंक, नेपालमा हाइसञ्चो

AAP

१० असोज, नयाँदिल्ली । भारतको राजधानीमा यतिबेला मलेरिया, चिकनगुनिया र डेंगु (एमसीडी) को आतंक बढेको छ । चोक-चोकमा जतासुकै लामखुट्टेबाट सर्ने यी रोगहरुबाट बचौं भन्ने विज्ञापन टाँगिएका छन् । विज्ञापनमा लामखुट्टेसँगै मुख्यमन्त्री केजरीवालको फोटो पनि हेर्न पाइन्छ ।

भारतमा लामखुट्टेका नाममा यतिबेला राजनीतिसमेत सुरु भएको छ । सोमबार नयाँदिल्लीमा केजरीवालको आमआदमी पार्टीले नरेन्द्र मोदीको सत्तारुढ दल बीजेपीविरुद्ध एउटा अभियान नै चलायो । आम आदमी पार्टीका कार्यकर्ताले ‘बीजेपीले एमसीडी बनायो’ भन्ने स्टिकरहरु फोहोरको थुप्रोमाथि टाँसेका छन् ।

शहरमा फैलिएको फोहोरका कारण मच्छड फैलिएको र यसबाट डेंगु, औलो लगायतका महामारी फैलिएको आपको आरोप छ । आमआदमी पार्टीका दिल्ली संयोजक दिलिप पाण्डेले भने- ‘यो धेरै सर्मको कुरा हो कि आज देशको राजधानी दिल्लीमा ठाउँठाउँमा फोहोरको थुप्रो लागेको छ । यसैका कारण चिनगुनिया एवं डेंगुका बिरामीहरु बढीरहेका छन् । यसप्रकारको विरामको राकथाम नगरिकन दिल्लीका जनताको स्वास्थ्यमा खेलवाड गरेर भाजपा आफ्नो राजनीति चम्काउनका लागि दिल्लीमा फोहोर उठाइरहेको छैन ।’

यतिबेला दिल्लीको मुख्यमन्त्री पदमा आम आदमी पार्टीका नेता केजरीवाल आसीन छन् भने जीजेपीका नेता प्रधानमन्त्री पदमा आसीन छन् । तर, दिल्लीमा यी दुई नेताको चर्चा र वाकयुद्ध चरमचुलीमा पुग्ने गरेको छ । यही सिलसिलामा समान्य रोग फैलँदा पनि मोदी र केजरीवालवीच एक अर्कामा दोषारोपण हुने गरेको हो ।

केजरीवाललाई भारतीय मिडियाको खासै साथ छैन । तैपनि उनको पार्टीले मोदी र बीजेपीविरुद्ध दिल्लीमा जेहाद नै छेडेको छ । यही प्रचारका आधारमा उसले पञ्जावको चुनाव जित्ने योजना बनाइरहेको छ ।

भारतमा डेंगुको आतंक, नेपालमा हाइसञ्चो !

Paper

दिल्लीको तापक्रम यतिबेला ३५ डिग्रीको हाराहारीमा छ । दिल्लीमा अहिले चिन्ताको विषयचाँहि तापक्रम भन्दा पनि चिनकगुनिया, डेंगु र मलेरियाको देखिएको छ । दिल्लीमा अहिले डेंगु फैलिएको छ । डेंगुले मान्छे मरेका हुन् कि अरु कारणले भन्ने विवादमा सरकारी अधिकारीहरु रुमलिएका छन् ।

दिल्लीमा चिकनगुनियाँ र डेंगुको आतंक फैलिएपछि स्वास्थ्यमन्त्री जेपी नन्दाले आपतकालीन बैठकसमेत डाकिसकेका छन् । भारतीय मिडियाको रिपोर्ट अनुसार गत साता गंगाराम अस्पतालमा विरामीले बस्ने ठाउँ पाएनन् भने कतिपयले आफ्ना विरामी बच्चालाई राख्ने ठाउँसम्म नपाएर अस्पतालका फिर्ता लगेका छन् ।

अहिलेको युगमा आएर पनि भारतमा मलेरियाजस्ता मच्छडजन्य रोगका साथै डेंगु, चिकनगुनिया आदिको आतंक सिर्जना हुन दुःख भएको भन्दै भारतीयहरुले चिन्ता व्यक्त गरिरहेका छन् ।

हिन्दुस्तान पत्रिकामा प्रकाशित एक तथ्यांक अनुसार दिल्ली यतिबेला मच्छडसँग जुधिरहेको छ । हरेक वर्ष यहाँ लामखुट्टेले सार्ने मलेरिया, डेंगु लगायतका रोगबाट १३ लाख मानिसहरु प्रभावित हुने गरेका छन् । मलेरियाबाट मात्रै ११ लाख २६ हजार मानिस प्रभावित भएको र एक वर्षमा २८७ जनाको मृत्यु भएको तथ्यांक छ । त्यस्तै डेंगुबाट एक वर्षमा ९९ हजार विरामी परेका र २२० जनाको मृत्यु भएको बताइएको छ ।

गत हप्तामात्रै दिल्लीमा डेंगुबाट १० को मृत्यु भएको समाचार आएको थियो, जतिबेला नेपालका प्रधानमन्त्रीको भ्रमण टोलीसमेत दिल्लीमै थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment