Comments Add Comment

ग्राण्डीमा हेल्थ अफ नेपाल सम्पन्न

Health-of-nepal

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सोमबार नविन प्रकृतिको अभियान – डाटा इनिसिएटिभ ‘हेल्थ अफ नेपाल’ संम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री गगन कुमार थापाले डाटा संकलन र सहि सूचना संप्रेषणको अभावमा धेरै योजनाहरु बिफल हुनेगरेको र नेपाल लगायतका बिकासोन्मुख मुलुकहरुमा स्वास्थ्य संग समबन्धित योजनाहरु सफल बनाउन यस किसिमको अभियान उपयोगी हुने धारणा राखे ।

क्याम्पमा अमेरिका स्थित इलेनोए बिश्वबिद्यालयको खोज रिपोर्टिङका संस्थापक अध्यक्ष तथा जिआइजेएनका सह-संस्थापक ब्राण्ट हस्टनले पत्रकारिता, रिपोर्टिङ र संकलनका बिबिध आयामहरुवारे प्रकाश पारे ।

भारतको डाटा लिड्स तथा सिआइजेका संस्थापक संम्पादक शैयद नजाकतले डाटा बुट क्याम्पको उपादयता र यसको उपयोगिताका बारेमा प्रवचन दिएका थिए । मनिकन्ट्रोल इण्डियाका संम्पादक संजित ओवरोयले डाटा रिपोर्टिङबारे तथा यसका प्राबिधिक पक्षहरुबारे आफ्ना अनुभव सुनाएका छन् ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले स्वास्थ्य सम्वन्धि डाटा रिपोर्टिङ नेपालका लागि अपरिहार्य रहेको उल्लेख गर्दै स्वास्थ्य समवन्धि नीति तथा योजनाहरुको निमार्ण तथा कार्यन्वयनमा यसको भूमिका महत्वपूर्ण रहेको बताए ।

नागरिक राष्ट्रिय दैनिकका प्रधान सम्पादक गुणराज लुईंटेलले यस किसिमका अभियानहरुले पत्रकारहरुको दक्षता सँगै आत्मबिश्वासमा अभिबृद्धि गर्ने र प्रभावकारी पत्रकारिताको मान्यतालाई स्थापित गर्ने बिश्वास व्यक्त गरे ।

डाटा बुट क्याम्पमा बिभिन्न संचारमाध्यममा स्वास्थ्य बिटमा कार्यरत पत्रकारहरु, डाटा बिष्लेषकहरु तथा चिकित्सकहरुको सहभागिता रहेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment