Comments Add Comment

विदेशबाट पठाएको २५ प्रतिशत रकम ऋण तिर्न प्रयोग

nepali_rupees११ असोज, काठमाडौं । वैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकमको २५.४ प्रतिशत हिस्सा विदेश जाँदा लागेको ऋण तिर्न प्रयोग हुने गरेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा गएका २ सय २० घरपरिवारमा गरेको सर्वेक्षणले एक वर्षको अवधिमा विदेशबाट पठाएको रकमको २५.३  प्रतिशत रकम ऋण तिन लागि प्रयोग हुने गरेको देखिएको आजको कारोबार दैनिकमा समाचार छ ।

राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख नरबहादुर थापा वैदेशिक राजगारीमा जने कामदारले पैसा पठाएपछि पहिलो प्राथमिकता ऋण तिर्नका लागि हुने गरेको देखिएको बताउँछन् ।

राष्ट्र बैंकले पहाड र तराइका ७/७ वटा तथा हिमाली क्षेत्रका २ वटा जिल्ला छानेर सर्वेक्षण गरेको थियो । वैदेशिक रोजगारीबाट कमाएको रकम ठूलो हिस्सा ऋण तिर्न प्रयोग हुने भएकाले सहज रुपमा विदेश जान युवाहरुलाई सम्बन्धित पक्षले ऋण उपलव्ध गराउन पनि राष्ट्र बैंकले सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment