Comments Add Comment

प्रधानमन्त्रीले छलफलमा बोलाए मधेसी मोर्चालाई

Prachanda-with-morcha
फाइल फोटो

११ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चासँग आज छलफल गर्दैछन् ।

संविधान संशोधनमा सरकार उदासीन देखिएको भन्दै मोर्चाले सरकारको अन्तिम धारणा माग्ने निर्णय गरेसँगै प्रधानमन्त्री प्रचण्डले मोर्चाका नेतासँग छलफल गर्न लागेका हुन् । बैठक तीन बजे बालुवाटारमा बस्दैछ ।

यसअघि सोमबार बसेको मोर्चाको बैठकले संविधान संशोधनका विषयमा बाहिर प्रचार गरिएजति प्रगति नभएको निष्कर्ष निकाल्दै प्रधानमन्त्रीलाई भेटेर अन्तिम धारणा माग्ने निर्णय गरेको थियो ।

मोर्चाले प्रधानमन्त्रीसँगको भेटमा मधेस आन्दोलनका मुद्दा फिर्ता, तीन दलबीच भएको इलाकालाई स्थानीय तय बनाउँने सहमतिबारे समेत आफ्नो असन्तुष्टि राख्ने तयारी गरेको छ ।

मोर्चाका नेताहरुले प्रधानमन्त्री प्रचण्डले कुरा मिलिसक्यो भन्दै बोलिरहेपनि त्यस्तो केही नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।

प्रधानमन्त्रीले अहिलेसम्म संविधान संशोधनको कुनै औपचारिक प्रस्ताव मोर्चासमक्ष नल्याएको भन्दै मोर्चाको बैठकमा बसै नेताले असन्तुष्टि पोखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment