Comments Add Comment

घाँस काट्ने विषयमा कुटाकुट, एकको मृत्यु

११ असोज, इनरुवा। सुनसरीको नरसिंह गाविसमा दुई पक्षबीच सोमबार साँझ विवाद हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अफरोज खातुन रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

hatyaस्थानीय ऐलानी जग्गामा घाँस काट्ने विषयलाई लिएर चर्केको विवाद कुटाकुटमा परिणत भएपछि खातुनको मृत्यु भएको स्थानीयले बताएका छन् ।

मृतक खातुनले स्थानीय सडक पेटीको जग्गामा घाँस काटेपछि विवाद उत्पन्न भएको र सोहीक्रममा उनको मृत्यु भएको हो ।

मृतक खातुनको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ । घटनामा संलग्न भएको आरोपमा तीनजनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा नरसिंह–१ बस्ने सवरुन खातुन, अमुना खातुन र मुस्तका मियाँ रहेको प्रहरीले जनाएको छ । स्थानीयले घाँस काट्ने विषयमा झगडा भएको र सोही क्रममा आफरोजको मृत्यु भएको दाबी गरेका छन् भने प्रहरीले के कति कारणले मृत्यु भएको हो सो विषयमा अनुसन्धानबाट मात्र खुल्ने जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment