Comments Add Comment

एमाले बैठकको सन्देश-पार्टी नेतृत्वविरुद्ध सामाजिक सञ्जालमा टिप्पणी गरे कारवाही

केन्द्रीय कमिटी बैठक आजै समापनःसाँझ पत्रकार सम्मेलन

Uml-meet

११ असोज, काठमाडौं । स्थानीय तहको पुनसंरचना र संविधान संशोधनका विषयमा पार्टीको धारणा तय गर्दै एमाले केन्द्रीय कमिटीको बैठक मंगलबार समापन हुने भएको छ ।

असोज ५, ६ र ७ गतेका लागि निर्धारित बैठकमा छलफल नटुंगिएका कारण एक साता लम्बिएको हो । मंगलबार अपरान्ह ३ बजे बस्ने बैठकले समसामयिक विषयमा पार्टीको दृष्टिकोण तय गर्नेछ ।

नेताहरुको कार्य बिभाजन र सल्लाहकार परिषद लगायतका कमिटीहरुमा मनोनयनको जिम्मा भने स्थायी कमिटीलाई दिने समझदारी भएको छ ।

बैठकपछि साँझ ५ बजे पत्रकार सम्मेलन राखिएको र त्यहाँ अध्यक्ष केपी ओलीले बैठकको निर्णयका महत्वबारे जानकारी गराउने सचिव योगेश भट्टराईले जानकारी दिए ।

एमालेको यो बैठकले पार्टीभित्रको गुटबन्दीलाई परास्त गर्न साझा संकल्प गर्ने भएको छ । अब प्यानल बनाएर कुनै पनि कमिटी र भातृ संगठनमा चुनाव लड्न निषेध गरिने भएको छ ।

केपी ओली वा माधव नेपालको नाममा तलसम्म गुटका प्यानल बनाउने पद्धतिलाई एमाले बैठकले अन्त्य गरेको प्रचार बिभाग उपप्रमुख सूर्य थापाले बताए ।

प्यानल बनाएर चुनाव लड्नेहरुलाई अनुशासनको कारवाही गरिनेछ । एमालेका कुनै पनि नेता कार्यकर्ताले पार्टी र नेतृत्वको आलोचना गरेर सामाजिक सञ्जालमा समेत टिप्पणी गर्न नपाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment