Comments Add Comment

अहिले जो चलेपनि फेरि चम्कने हामी नै होः जीवन लुइटेल

jiwan luitel
चलचित्र ‘नाई नभन्नु ल’को सिरिज छाडेपछि नायक जीवन लुइटेलका चलचित्रहरु क्रमिक रुपमा असफल बन्न पुगे । जीवन कहिले अमेरिका त कहिले अष्ट्रेलिया पुगे । जसकाकारण, उनको क्रेज नेपाली चलचित्रबाट हराउँदै गएको टिप्पणी गर्न थालियो । नायक लुइटेल अहिले नेपालमै छन् र केही चलचित्रमा काम गरिरहेका छन् । अहिले उदाउँदै गरेका अनमोल केसी, पल शाह लगायतका नायकले जीवनको यूग समाप्त गरेको चर्चा पनि नचलेको होइन ।

तर, नायक लुइटेल यो कुरा स्विकार गर्न तयार छैनन् । जीवनका अनुसार कुनै पनि कलाकारको निरन्तर चलचित्र सफल हुन्छन् भन्ने छैनन् । यसको अर्थ, असफल भएर पलायन नै हुनु होइन ।

जीवनले अहिले जो चलेपनि, जसको चर्चा भएपनि, आखिर पालो आफूहरुकै हो भन्ने धारणा राख्छन् । उनले आफूले चलचित्रमा अभिनय गर्न कम गरेको दाबी गरे । ‘अफर त धेरै आएका छन् । तर, अब एकैपटक सन् २०१७ मा मात्र चलचित्र खेल्छु ।’ उनले भने ।

‘नाई नभन्नु ल’को सिरिज छाडेर आफूले गल्ती नगरेको जीवनको भनाई छ । उनले निर्देशक विकास आचार्यसँग आफ्नो सम्बन्ध नविगि्रएको बताए । जीवन अब आफू अहिले आफ्नै बल र दममा अगाडि बढ्न चाहेको बताउँछन् ।

चलचित्र ‘सुब्बा साब र राधा’को रिलिज नजिकिएकाले पनि जीवन अहिले यसको प्रचारमा व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment