Comments Add Comment

विश्व पर्यटन दिवसको अवसरमा सोलुका लागि बुलेट राइडर

bullet-rider
११ असोज, काठमाडौं । सगरमाथा क्षेत्र अन्तर्गत सोलुखुम्बुको फाप्लु पुग्ने उद्देश्यका साथ बुलेट राइडरको एउटा समूह आज काठमाडौंबाट प्रस्थान गरेको छ । २३ वटा बुलेट अर्थात रोयल इन्पिmल्ड बाइकमा सवार ३० जनाको समूह धुलिखेल, नेपालथोक, खुर्कोट, ओखलढुंगा हुँदै फाप्लु पुग्ने छ ।

मंगलबार आयोजित एक कार्यक्रममा व्यवस्थापिका संसदको वातावरण समितिका सदस्य हरि उप्रेती र मिस एभरेष्ट २०१६ आकांक्षा भट्टराईले समूहलाई विदाइ गरेका छन् । नासा बुलेट क्लबका महासचिव राम साहले रोड लिडरको रुपमा सो समूहको नेतृत्व गरेका छन् ।

विश्व पर्यटन दिवसको अवसरमा आयोजना गरिएको उक्त बुलेट राइडले करिब २ सय ३५ किलोमिटरको दुरी पार गर्नेछ । मौसमले साथ दिएमा सगरमाथा क्षेत्रको अवलोकन गरी फर्किने कार्यक्रम रहेको क्लबका अध्यक्ष प्रकाश लिम्बुले बताए ।

विश्व पर्यटन दिवसको अवसरमा पर्यटन प्रवर्द्धन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त बुलेट राइड कार्यक्रमको आयोजना गरिएको लिम्बुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment