Comments Add Comment

घिमिरेलाई खोज्न बंगलादेशबाट गोताखोर ल्याइँदैनः गृहमन्त्री निधि (भिडियोसहित)

'नेपाली सुरक्षाकर्मी र माझी नै सक्षम'

Bimalendra-Nidhi-at-Chitwan११ असोज, चितवन । गृहमन्त्री विमलेन्द्र निधिले त्रिशुली नदीमा वेपत्ता पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको खोजीमा बंगलादेशबाट गोताखोर नल्याइने बताएका छन् ।

सोमबार यातायात मन्त्री रमेश लेखकले घटनास्थलको अवलोकन गरेपछि बंगलादेशबाट गोताखोर ल्याएर भए पनि घिमिरेको खोजी गर्ने बताएका थिए । मन्त्री लेखकको बिफ्रिङपछि प्रधानमन्त्री प्रचण्डले पनि आवश्यक परे बंगलादेशबाट गोताखोर ल्याउन कुटनीतिक पहल गर्ने बताए ।

तर, मंगलबार सुरक्षा प्रमुखसहित चितवन दाह्रचोकको घोप्टेभिर पुगेका गृहमन्त्री निधिले भने बंगलादेशका गोताखोरभन्दा नेपालका सुरक्षाकर्मी र माझीहरु नै सक्षम रहेको बताए ।

मन्त्री निधिले पत्रकारहरुसँग कुरा गर्दै भने, ‘नेपाली नदीनालाबारे उनीहरुलाई जानकारी छैन, त्यसैले नेपाली सुरक्षा निकाय र माझीहरुको सहयोगमा खोजी कार्य गर्नुको कुनै विकल्प छैन ।’

उनले ६ सयको संख्यामा सुरक्षाकर्मी र स्थानीय माझी परिचालन गरिएका कारण घिमिरेको अवस्था पत्ता लाग्ने विश्वास व्यक्त गरे ।

हेर्नुहोस् भिडियो 

घिमिरेको खोजी पहिलो प्राथमिकतामा

मन्त्री निधिले दुर्घटनास्थलको अवलोकनपछि पूर्वगृहमन्त्री घिमिरेको उद्धार प्रयासको अवलोकन पनि गरेका थिए ।पूर्वगृहमन्त्री घिमिरेको खोजीमा सरकारले कुनै कसर बाँकी नराख्ने मन्त्री निधिले बताए ।

गृहमन्त्री निधिले घोप्टेभिरमै बिभिन्न समयमा गाडी दुर्घटना हुँदा १६ जना वेपत्ता भए पनि पूर्वमन्त्री घिमिरे र उनका आफन्तको खोजीलाई पहिलो प्राथमिकता दिइएको बताए । उनले भने, ‘पहिले घिमिरेको खोजी गरिन्छ । फेला नपरेसम्म खोजीकार्य रोकिँदैन । त्यसपछिमात्रै सर्वसाधारणको खोजी हुन्छ ।’

खोजीकार्यमा अत्याधुनिक ‘सोनार’ प्रविधि पनि प्रयोग गरिने उनले बताए । मन्त्री निधिले घिमिरेको खोजीमा भारतीय सीमा त्रिवेणीसम्म ६ सय सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment