Comments Add Comment

ढिलो घर आएपछि श्रद्धामाथि बाबु-आमाको आक्रोश

shradha kapoor
बलिउड नायिका श्रद्धा कपुरको सम्बन्ध यतिबेला उनको मातापितासँग विग्रिएको छ । श्रद्धाका पिता शक्ति कपुर र आमा शिवांगी उनीसँग असन्तुष्ट छन् । भारतको एक चर्चित म्यागेजिनमा आएको खबर अनुसार श्रद्धाको परिवारले उनलाई घरमा समय बिताउन सल्लाहा दिएको छ ।

परिवारलाई समय नदिएपछि नायिका र उनको परिवारविच समस्या उत्पन्न भएको हो । श्रद्धा चलचित्रको काम भन्दै सधैजसो ढिलो घर पुग्ने गरेकी छिन् । उनी बिहानसम्म काम गरेर आफ्नो सेड्यूल पुरा गर्छिन् र आफ्ना साथीसँग घुम्न निस्किन्छिन् ।

श्रद्धा घरमा राती ढिलो आउन थालेपछि उनका मातापिताले असन्तुष्टी व्यक्त गरेका हुन् । उनलाई चाडै घर आउन र परिवारसँग समय बिताउन भनिएको छ । श्रद्धाले समय बाहिर बिताएको उनको प्रवक्ताले पनि पुष्टी गरेका छन् । श्रद्धा यो बर्ष व्यस्त छिन् ।

उनी ‘रक अन २’, ‘हाफ गलफ्रेन्ड’ जस्ता चलचित्रमा व्यस्त छिन् । निरन्तर सफल चलचित्र दिएका कारण बलिउडमा श्रद्धालाई नयाँ स्टारको रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment