Comments Add Comment

राप्रपा नेपालको प्रश्नः तीन दलको सिण्डिकेट फेरि ब्यूँताएको हो ?

Dilnath-Giri,-RPP_Nepal

११ असोज, काठमाडौं । संसदको चौथो ठूलो दल राप्रपा नेपालले तीन दलको सिण्डिकेट फेरि ब्यूँताएको हो, भनेर प्रमुख दलका शीर्ष नेताहरुलाई प्रश्न गरेको छ ।

तत्कालीन जिल्ला विकास इकाइहरुलाई नै केन्द्रविन्दु बनाएर स्थानीय तहको पुनर्संरचना गर्ने तीन दलको सहमतिप्रति राप्रपा नेपालले आपत्ति जनाएको छ ।

संसदको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले आइतबार प्रधानमन्त्रीले बोलाएको तीन दलको बैठकमा इलाका ब्यूँताउने सहमति भएको हो ? भनेर प्रश्न गरेका छन् ।

उनले यसबारे सदनमा जवाफ दिन माग गरे । राप्रपा नेपालका सांसद गिरीले भने, ‘यदि यस्तो भएको हो भने यो संविधानको अपमान र घोर प्रजातान्त्रिक हो ।’

तीन दलले फेरि सिण्डिकेट ब्यूँताउन खोजे ‘अशुभ’ हुने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment