Comments Add Comment

फेरि आन्दोलन गर्ने मधेसी मोर्चाको चेतावनी

११ असोज, काठमाडौं । मधेसी मोर्चाले तत्कालीन जिल्ला विकास इकाइहरुलाई नै केन्द्रविन्दु बनाएर स्थानीय तहको पुनर्संरचना गर्ने तीन दलको सहमतिप्रति आपत्ति जनाएका छन् ।

Jangilal-Yadavव्यवस्थापिका सांसदको मंगलबारको बैठकमा मोर्चामा आवद्ध तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद जंगिलाल रायले तीन दलको सहमतिप्रति आपत्ति जनाए ।

इलाकालाई ब्यूँताउने सहमतिले मधेसलाई फेरि अन्यायमा पार्ने भन्दै उनले यसो भए मधेसमा फेरि आन्दोलन हुने चेतावनी दिए ।

सांसद रायले प्रदेशहरुको सीमांकनको विषय टुंग्याएरमात्र स्थानीय तह पुनर्संरचना गर्नुपर्ने र जनसंख्याका आधारमा स्थानीय तह पुनर्संरचना गर्नुपर्ने माग समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment