Comments Add Comment

कोलम्बियामा ५२ बर्ष लामो गृहयुद्ध अन्त्य

सरकार र फार्क बिद्रोहीबीच ऐतिहासिक शान्ति सम्झौता

colambia

कोलम्बियाली सरकार र बामपन्थी फार्क बिद्रोहीबीच ऐतिहासिक शान्ति सम्झौता भएको छ । शान्ति सम्झौतापछि कोलम्बियामा पछिल्लो ५२ बर्षदेखि जारी गृहयुद्ध औपचारिक रुपमा समाप्त भएको छ ।

यस सम्झौतापछि युरोपियन युनियनले कोलम्बियाको फार्क बिद्रोहीलाई चरमपन्थी संगठनको आफ्नो सूचीबाट हटाएको छ ।

राजधानी कार्टिजेनामा फार्क बिद्रोहीको तर्फबाट नेता तिमान्सेको र कोलम्बियाका राष्ट्रपति म्यानुअल सान्तोषले ऐतिहासिक शान्ति सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा हस्ताक्षर गरिएको कलम गोली आकृतिको थियो । सम्झौता कार्यक्रममा संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनका अलामा दक्षिण अमेरिकी मुलुकका थुप्रै नेताहरुको उपस्थिति थियो ।

कोलम्बियाका राष्ट्रपति म्यानुअल सान्तोषले भनेका छन् कि यस सम्झौता एक नयाँ युगको सुत्रपात हुनेछ ।

शान्ति सम्झौता लागू भएपछि युरोपेली युनियनले कोलम्बियाको पुनर्निर्माणमा सहयोग गर्ने आशा राष्ट्रपति म्यानुअलले गरेका छन् ।

कोलम्बियामा ५२ बर्षसम्म चलेको गृहयुद्धका क्रममा साढे २ लाख मानिसको मृत्यु भएको छ भने ६० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

अव कोलम्बियाका मानिसहरुले यस शान्ति सम्झौतालाई सदर गर्नका लागि अर्को महिना जनमत संग्रहमा सहभागी हुनेछन् ।

शान्ति सम्झौताका क्रममा गृहयुद्धका क्रममा सरकारी र बिद्रोही पक्षबाट निशानामा परेका मानिसका परिवारजनको पनि उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment