Comments Add Comment

नितम्व देखाउनेलाई २ महिना जेल

nitamba
अब कसैले नांगो नितम्ब देखाएमा त्यसलाई अपराधी करार गरी जेलमा कोचिनेछ । यो कानून लागू भएको हो अस्ट्रलियामा । त्यहाँको भिक्टोरिया प्रान्तमा सार्वजनिक रुपमा नग्न नितम्ब देखाउने कृत्यलाई अपराध घोषित गरिएको छ ।

अहिले उक्त क्षेत्रमा कतिपयले विरोध प्रदर्शनको एउटा शैलीको रुपमा नग्न नितम्ब देखाउने कार्यको पनि सहारा लिने गरेका छन् । तर अबदेखि भने यसो गर्न पाइनेछैन र कुनैपनि नाउँमा नांगो नितम्ब देखाउन पाइनेछैन ।

सरकारले विशेष कानून निर्माण गरी नांगो नितम्ब बिरुद्ध कडा पावन्दी लगाइदिएको हो ।

अब पहिलोपटक नांगो नितम्ब देखाउनेलाई २ महिनाको जेल सजाय दिइनेछ । तर पटक पटक नागो नितम्ब देखाएमा भने ६ महिनासम्म जेलको हावा खानुपर्ने हुनसक्छ ।

भिक्टोरियामा हालै त्यहाँको अपराध सँग सम्बन्धित कानूनहरुमा झण्ड ५० वटा संसोधन गरिएको छ ।

समरी अफेन्सेज एक्टमा भनिएको छ की अभद्र वा अपमानजनक व्यवहारमा कुनैपनि मानिसले यौनांग देखाउनुलाई पनि सामेल गरिएको छ ।

त्यस्तै अश्लील गित गाउन पनि प्रतिबन्ध लगाइएको छ । यसलाई अभद्र, उपद्रवी, आक्रामक तथा अपमानजनक मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment