Comments Add Comment

बिहेपछि हराइन् सुमिना, छोरीकी आमा समेत बनिसकिन्

sumina ghimire with family
कुनै बेला आफ्नो अभिनय र हट दृश्यका कारण नेपाली चलचित्रमा चर्चित बनेकी नायिका सुमिना घिमिरे आमा पनि बनिसकेकी छिन् । सुमिनाले सन्तानलाई जन्म दिएको पनि करिब एक बर्ष हुन लागेको छ । छोरीलाई जन्म दिएपछि पारिवारिक रुपमै रमाइरहेकी सुमिना मिडिया र चलचित्र क्षेत्रबाट टाढा छिन् ।

चलचित्र ‘दुलही’मा काम गरेपछि चर्चामा आएकी यी नायिका विभिन्न खालका स्क्यान्डलका कारण चर्चामा थिइन् । पाइलट पेशा गर्दै आएका रोशन सापकोटासँग बिहे गरेपछि सुमिना चलचित्र क्षेत्रबाट हराएकी हुन् । ‘नाइन ओ क्लक, स्टार’ जस्ता चलचित्रमा उनले दिएको हट दृश्यका कारण उनी चर्चामा थिइन् ।

निरन्तर चलचित्र असफल भएपछि सुमिनाले चलचित्र क्षेत्रबाट टाढा रहने निर्णय गरेकी थिइन् । उनी आमा बनेको समाचार मिडियामा लामो समयपछि मात्र सार्वजनिक भएको छ । रोशनले छोरी र सुमिनाको तस्बिर फेसबुकमा पोष्ट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment