Comments Add Comment

पूर्वगृहमन्त्री घिमिरेको खोजी तीव्र बनाउन सरकारसँग रेग्मीको आग्रह

Khilraj-Regmi
फाइल फोटो

११ असोज, काठमाडौ । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले त्रिशुली नदीमा खसेर वेपत्ता भएका पूर्वगृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरे सहित उनको परिवारका सदस्यहरुको खोजीमा अत्याधुनिक उपकरण प्रयोग गर्न सरकारसँग माग गरेका छन् ।

पूर्व अध्यक्ष रेग्मीले दुर्घटनापश्चात् बेपत्ता भएको ४० घण्टा बित्दा समेत घिमिरेको अवस्था पत्ता लाग्न नसकेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधिको ध्यानाकर्षण समेत गराएको रेग्मीको सञ्चारसंयोजक राजेन्द्र पाण्डेले बताएका छन् ।

प्रधानमन्त्री दाहालसँग मंगलबार विहान टेलिफोन सम्पर्क गरी रेग्मीले दुर्घटनापश्चात् बेपत्ता भएका पूर्वमन्त्री माधवप्रसाद घिमिरे र उनका भाइहरु अझै अज्ञात हुनुले आफू अत्यन्त दुःखित भएको बताएका थिए ।

कुराकानीमा रेग्मीले नेपालको विशिष्ट राजनीतिक परिस्थितिमा संविधानसभाको दोस्रो निर्वाचन सम्पन्न गर्न घिमिरेले खेलेको भूमिका स्मरण गराउँदै घिमिरे जिप दुर्घटनामा परेको खबरले आफु अन्यन्त स्तब्ध र भावविव्हल भएको बताएका छन् ।

जवाफमा प्रधानमन्त्री दाहाल प्रचण्डले घिमिरे र उनको परिवारका सदस्यहरुको खोजीका लागि राज्यका सबै संयन्त्र परिचालन गरी आधुनिक उपकरणको प्रयोग गर्नेलगायत सम्पूर्ण प्रयास जारी राख्ने र यथाशक्य चाँडो अवस्था सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment