Comments Add Comment

घिमिरेका घाइते गाडी चालकलाई उपचार गर्न काठमाडौं पठाइयो

Driver,-Bishnu-Rai

११ असोज, चितवन । चितवन दाह्रेचोकको घोप्टेभिरमा दुर्घटनामा परेका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेका गाडी चालक विष्णु राईलाई उपचारका लागि मंगलबार काठमाडौं पठाइएको छ ।

आइतबार घिमिरे र परिवारका सदस्य सवार गाडी घोप्टेभिरबाट त्रिशुली नदीमा खस्दा चालक राई घाइते भएका थिए ।पूर्वगृहमन्त्री घिमिरे र उनका दुई भाइ अझै वेपत्ता छन् भने आमासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

चालक राईलाई मंगलबार नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं प्रहरी अस्पतालमा उपचारका लागि पठाइएको हो ।

उनको मिर्गौला र घाँटीमा रगत जमेकाले चितवनमा उपचार सम्भव नभएपछि काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले जानकारी दिए ।

सोही हेलिकप्टरमा गृहमन्त्री विमलेन्द्र निधि, सुरक्षा निकायका प्रमुखहरु, चालक राईको श्रीमती र छोरासमेत काठमाडौं आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment